PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

न्यूयोर्कको 'क्वीन्स वर्ल्ड फिल्म फेस्टिभल'मा दुई नेपाली फिल्म छनोट



पहिलोपोस्ट

न्यूयोर्कको 'क्वीन्स वर्ल्ड फिल्म फेस्टिभल'मा दुई नेपाली फिल्म छनोट

काठमाडौं : न्यूयोर्कको 'क्वीन्स वर्ल्ड फिल्म फेस्टिभल'मा प्रदर्शनका लागि दुई नेपाली फिल्म छनोट भएका छन्।

इटलीका निर्माता सर्जियो बासोद्वारा निर्देशित फिल्म 'सरीता' र अमेरिकी इयान स्कटद्को निर्देशन रहेको फिल्म 'बसन्जी' फेस्टिभलमा छनोट भएका हुन्।

मिथिला शर्मा, सरिता गिरीलगायत कलाकारको अभिनय रहेको 'बसन्जी' एक थ्रिलर फिल्म हो। साथै 'सरिता' फिल्ममा नेपालमा रहेका भुटानी शरणार्थीको कथा समेटिएको छ जहा अधिकांश पात्रहरु भुटानी नै छन्।

दुबै चलचित्रहरु जुन २६ र २७ तारिखका दिन न्युयोर्कको क्विन्सस्‍थित शेर्पा किदुगको हलमा देखाइँदै छ।

फिल्म हेर्नका लागि आयोजकले फेस्टिभलको वेबसाइट क्विन्स वर्ल्ड फिल्म फेस्टिभलमा टिकटको व्यवस्था गरेका छन्। २३ जुन देखि शुरु हुने 'क्वीन्स वर्ल्ड फिल्म फेस्टिभल' मा ३३ देशका १९८ फिल्महरु देखाइने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell