PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

वाग्मती र गण्डकीका केन्द्रीय सदस्यसँग देउवाको चार घन्टा : फेरि जिताउने तयारीका लागि निर्देशन



पहिलोपोस्ट

वाग्मती र गण्डकीका केन्द्रीय सदस्यसँग देउवाको चार घन्टा : फेरि जिताउने तयारीका लागि निर्देशन

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा आफू निकट केन्द्रीय सदस्यहरुसँग छलफल थालेका छन्। देउवाले शनिवारबाट महाधिवेशन केन्द्रित छलफल थालेका हुन्। शनिवार प्रदेश १ का आफू निकट केन्द्रीय सदस्यहरुसँग छलफल गरेका देउवाले आज भने वाग्मती र गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरुसँग छलफल गरे।

छलफलका क्रममा देउवाले महाधिवेशनमा आफ्नो पक्षमा माहोल बनाउन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएको बहादुरसिंह लामाले जानकारी दिए। 'महाधिवेशनको तयारी थालौं। जिल्लामा खटौं। माहोल बनाउनुपर्‍यो भन्नुभयो,' केन्द्रीय सदस्य लामाले भने।

बिहान ९ बजेबाट शुरु भएको छलफल दिउँसो साढे १ बजेमात्र सकिएको थियो। छलफलमा काठमाडौंमा उपलब्ध देउवाका अति निकट मानिने केन्द्रीय सदस्यमात्र सहभागी रहेको बताइएको छ। सभापति देउवाले सातै प्रदेशका आफू निकट केन्द्रीय सदस्यहरुसँग छलफल गरेपछि अरु पक्षका नेताहरुलाई पनि छलफल गर्ने तयारी गरेका छन्। देउवाले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेद्वारी दिने चाहना यसअघि पनि पटकपटक व्यक्त गरिसकेका छन्। उनी पक्षका उपसभापति विमलेन्द्र निधिले पनि यसपटक सभापतिमा दाबेदारी प्रस्तुत गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell