PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कोपा अमेरिकामा दुई खेल: भेनेजुएलालाई इक्वेडरको चुनौती



पहिलोपोस्ट

कोपा अमेरिकामा दुई खेल: भेनेजुएलालाई इक्वेडरको चुनौती
File Photo: Copa America

कोपा अमेरिका अन्तर्गत भोलि बिहान दुई खेल हुँदैछन्।

बिहान पौने तीन बजे सुरु हुने खेलमा भेनेजुएला र इक्वेडर आमनेसामने हुनेछन्। समूह 'ए' अन्तर्गतको खेलमा यसअघिको दुई खेलमा कोलम्बियासँग बराबरी र ब्राजिलसँग पराजय ब्यहोरेको भेनेजुएला पहिलो जितको खोजीमा हुनेछ। त्यस्तै आफ्नो पहिलो खेलमा कोलम्बियासँग १-० ले पराजय ब्यहोरेको इक्वेडर पनि पहिलो जितकै खोजीमा हुनेछ। खेल रियो दी जेनेरियोस्थित ओलम्पिक स्टेडियममा हुनेछ।

त्यस्तै भोलि बिहान नै हुने दोस्रो खेलमा पेरु र कोलम्बिया आमनेसामने हुन्छन्। यसअघिको खेलमा ब्राजिलसँग ४-० को फराकिलो हार ब्यहोरेको पेरु आफ्नो पहिलो जितको खोजीमा हुनेछ। त्यस्तै कोलम्बियाले इक्वेडरलाई १-० ले हराएको थियो भने भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको थियो। खेल गोइआनियास्थित स्टेडीयो ओलम्पिको पेड्रो लुडोभिकोमा पौने ६ बजे सुरु हुनेछ।

समूह 'ए' मा ब्राजिल ६ अंक जोड्दै शीर्षस्थानमा छ भने ४ अंक जोडेको कोलम्बिया दोस्रो स्थानमा र १ अंक जोडेको भेनेजुएला तेस्रो स्थानमा छन्। त्यस्तै अंकबिहीन इक्वेडर र पेरु चौथो र पाँचौं स्थानमा छन्।

प्रतियोगितमा ५/५ टिमको दुई समूह बनाइएको छ। दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्ने छन्।

समूह ए

ब्राजिल, कोलम्बिया, इक्वेडर, भेनेजुएला, पेरु

समूह बी

अर्जेन्टिना, पाराग्वे, उरुग्वे, चिली, बोलिभिया



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell