काठमाडौं : काठमाडौं उपत्यकाभित्र एक साता निषेधाज्ञा थप भएको छ। थपिएको निषेधाज्ञा केही खुकुलो बनाइएको छ। खुकुलो भएको निषेधाज्ञामा निजी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन हुन पाउने भएका छन्। त्यस्तै अन्य सामाग्री तथा बस्तुका पसलहरूसमेत खोल्न पाइने भएको छ।
भाडाकुँडा, सुन, लत्तकपडा, खेलकुद सामाग्री, इलेक्ट्रोनिक पसलहरू समेत खोल्न दिइने छ। शनिवार बाहेक हप्ताको तीन दिन पसललाई वर्गिकरण गरेर खोल्ने निर्णय भएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।
'पसलहरूलाई वर्गिकरण गरेर वारको आधारमा खुल्ने व्यवस्था मिलाएका छौं,' प्रजिअ पराजुलीले भने।
आइतवार, मंगवार र विहीवार सुन, भाँडाकुडा, विद्युतिय सामाग्री, अटो मोबाइल सम्बन्धित पसलहरु खुल्न पाउने छन्। त्यस्तै सोमवार, बुधवार र शुक्रवार भने खेलकुद, लत्ताकपडा, जुत्ता चपल, कस्मेटिकका पसल खोल्न दिने निर्णय भएको छ। यसरी खोल्ने पसलहरूमा समय भने निर्धारण गरिएको छ। बिहान ११ बजेदेखि ४ बजेसम्म यस्ता पसल खुल्ने छ।
त्यस्तै खाद्यान्न, किराना पसल, माछामासु, दहीदुध, तरकारीका पसलहरू भने दैनिक बिहान ११ बजेसम्म खुल्न पाउने भएका छन्। हार्यवेयर पसल, पस्तुक पसलहरू समेत खुल्नेछन्।
थपिएको निषेधाज्ञा खुकुलो बनाइएको छ। निजी सवारी साधनहरू जोरबिजोर प्रणाली अनुसार खोल्ने निर्णय भएको हो। ट्याक्सीको हकमा तीन जनाभन्दा बढी बोक्न नपाइने गरी अनुमति दिइएको छ।
कोरोना संक्रमण बढेपछि स्थानिय प्रशासनले बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गर्दै आएको छ।थप भएको निषेधाज्ञा असार ८ गतेबाट लागु हुनेछ।
