PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

रोनाल्डोकै लयमा अभिनेत्री करिश्मा मानन्धर



पहिलोपोस्ट

रोनाल्डोकै लयमा अभिनेत्री करिश्मा मानन्धर

काठमाडौं : गत सातादेखि पोचुर्गलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो निकै चर्चामा छन्। उनले जारी युरोकपको प्रि-म्याच पत्रकार सम्मेलनमा कोकाकोलाको बोतल फ्रेमबाट हटाए। कोकको बोतल हटाएर पानीको बोतल राखे। क्रिस्टियानो रोनाल्डोको उक्त क्रियाकलापले सामाजिक सञ्जालमा धेरै नै चर्चा पायो।

सफ्ट-ड्रिङ्कभन्दा पानी पिउनु राम्रो हुने संकेत गर्दै उनले पानीको बोतल उचालेका थिए। उनको यो क्रियाकलाप लगत्तै कोकको सेयर बजारमा समेत गिरावट आयो। उनी विश्वभरि नै समाचारको हेडलाइन बने। उनलाई विश्वभरिका सर्वसाधारण देखि कलाकारहरुले समर्थन गर्न थालेका छन्।

यसैबिच नेपाली अभिनेत्री करिश्मा मानन्धरले पनि ‘से नो टु काबर्न’ लेख्दै सोडायुक्त पेय पदार्थ नपिउन फेसबुकमार्फत अनुरोध गरेकी छिन्।

उनले अमेरिकामा हुँदा आफूले सब-वे फास्टफुडमा काम गरेको स्मरण गरेकी छिन्। त्यतिखेर पनि सफ्ट-ड्रिङ्क बिक्री गर्दा आफूले विष बाँडिरहेको जस्तो महसुस भएको उल्लेख गरेकी छिन्।

उनले सबैलाई ‘कृत्रिम पेयपदार्थ’ नपिउन समेत आग्रह गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell