PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

दीपक मनाङेले खुमलटार पुगेर भेटे प्रचण्ड : 'राजनीतिक घटनाक्रमबारे बृहत् छलफल'



पहिलोपोस्ट

दीपक मनाङेले खुमलटार पुगेर भेटे प्रचण्ड : 'राजनीतिक घटनाक्रमबारे बृहत् छलफल'

काठमाडौं: गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।

प्रचण्ड निवास खुमलटारमा भेट भएको मनाङेका सहयोगी रोहित गुरुङले जानकारी दिए। समसामयिक राजनीतिबारे कुराकानी भएको मनाङेले फेसबुकमार्फत् जानकारी दिएका  छन्। 

'नेकपा माओवादी केन्द्र​का अध्यक्ष कम​रेड प्र​च​ण्डज्यूसँग​ प​छिल्लो राज​नैतिक घ​ट​नाक्र​म​बारे बृहत छलफल,' फोटो पोस्ट गर्दै मनाङेका सहयोगीले लेखेका छन्।

गण्डकी प्रदेशमा सुरुमा एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई साथ दिएका थिए। तर, पछि उनी विपक्षी गठबन्धनमा आवद्ध भएर वैकल्पिक सरकार बनाउन निर्णायक भूमिका खेले। साे बापत मनाङेलाई मन्त्री नियुक्त गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell