PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने तीनै जना ५० हजार धरौटीमा छुटे



पूजा पन्थी

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने तीनै जना ५० हजार धरौटीमा छुटे

बुटवलः भेरी अस्पताल नेपालगन्जका चिकित्सकमाथि आक्रमण गर्ने तीन जनालाई जिल्ला अदालत बाँकेले धरौटीमा रिहा गर्न आदेश गरेको छ। न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलासले अभियुक्तहरु मानबहादुर रावत, भरत रावत र लोकराज रावतलाई जनही ५० हजार धरौटीमा रिहाको आदेश गरेको हो।

दाङका डिल्ली रावतको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले जेठ १३ गते अस्पतालमा कार्यरत डाक्टर र नर्सलाई हातपात गरेका थिए। घटनालगत्तै प्रहरीले तिनै जनालाई पक्राउ गरेको थियो।

आइतबार पुर्पक्षपछि उनीहरु धरौटीमा रिहा भएको अधिवक्ता लोकबहादुर शाहले जानकारी दिए।

कुटपिटमा संलग्नहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको थियो।

घटनापछि अस्पतालका डाक्टर र नर्सहरुले चरणवद्ध आन्दोलन समेत गरेका थिए। घटनाबारे अनुसन्धानका लागि सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा छानविन समिति बनेको थियो। समितिले अस्पतालको सुरक्षा कमजोरी औँल्याएपछि अहिले भेरी अस्पतालभित्र जान पासको व्यवस्था गरिएको छ। एक बिरामी एक जना कुरुवाको व्यवस्था गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell