PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

कोपा अमेरिका: बराबरीमा रोकिए भेनेजुएला र इक्वेडर, पेरुले कोलम्बियालाई हरायो



पहिलोपोस्ट

कोपा अमेरिका: बराबरीमा रोकिए भेनेजुएला र इक्वेडर, पेरुले कोलम्बियालाई हरायो

कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न पहिलो खेलमा भेनेजुएला र इक्वेडर बराबरीमा रोकिएका छन्। समूह 'बी' अन्तर्गत आज बिहानको खेलमा भेनेजुएला र इक्वेडर २-२ को बराबरीमा रोकिएका छन्।

खेलको ३९ औं मिनेटमा ऐर्टोन प्रिसिआडोको गोलमा अग्रता इक्वेडरले अग्रता बनाएको थियो। दोस्रो हाफमा भेनेजुएलाका एड्सन क्यास्टिल्लोले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। तर ७१ औं मिनेटमा गोञ्जालो प्लाटाले गोल फर्काउँदै फेरि इक्वेडरलाई अग्रता दिलाए। तर यसपटक पनि इक्वेडरले अग्रता जोगाउन सकेन। खेलको इन्ज्युरी समयमा भेनेजुएलाका रोनाल्ड हर्नान्डेजले गोल फर्काउँदा खेल २-२ को बराबरीमा रोकियो।

त्यस्तै आज सम्पन्न दोस्रो खेलमा पेरुले कोलम्बियालाई हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको छ। स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न खेलमा पेरुले कोलम्बियामाथि २-१ गोलअन्तरले हराएको हो।

खेलको १७ औं मिनेटमा खेलमा अग्रता बनाएको पेरु पहिलो हाफमा १ गोलले अघि रहेको थियो। उता कोलम्बियाका मिगुएल बोर्जाले खेलको ५३ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै खेल बराबरीमा ल्याए। तर ६४ औं मिनेटमा कोलम्बियाका येरी मिना आत्मघाती गोल गर्न पुग्दा खेल पेरुले २-१ ले आफ्नो पक्षमा पार्न सफल भयो।

आजको खेलसँगै पेरु तीन अंक जोड्दै समूह बी को तेस्रो स्थानमा उक्लिएको छ। समूह बी मा ब्राजिल ६ अंक जोडेर शीर्षस्थानमा छ भने कोलम्बिया ४ अंक जोडेर दोस्रो स्थानमा छ। त्यस्तै बराबरीमा रोकिएका भेनेजुएला र इक्वेडर क्रमश २ र १ अंक सहित तालिकाको चौथो र पाँचौं स्थानमा छन्।

समूह ए

अर्जेन्टिना, पाराग्वे, उरुग्वे, चिली, बोलिभिया

समूह बी

ब्राजिल, कोलम्बिया, इक्वेडर, भेनेजुएला, पेरु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell