PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

भिडालसहित चिलीका ६ खेलाडीले होटलमा महिलाहरु बोलाएपछि...



पहिलोपोस्ट

भिडालसहित चिलीका ६ खेलाडीले होटलमा महिलाहरु बोलाएपछि...

ब्राजिलमा कोभिड महामारीका बीचका कडा स्वास्थ्य मापदण्ड अपनाउँदै कोपा अमेरिका चलिरहेको छ। १० देशबीचको यो प्रतियोगिता खेल्न ब्राजिल पुगेको चिलीका ६ जना खेलाडीले पार्टी गर्न उनीहरु बसिरहेको ओडेरा ग्राण्ड होटलमा बाहिरबाट महिलाहरु बोलाएपछि विवादमा तानिएका छन्।

यो घटनालाई लिएर चिलीका टेक्निकल डारेक्टर मार्टिन लासार्टले कारवाहीका लागि छलफल अघि बढाएको बताइएको छ। यो प्रकरणका कारण यी ६ खेलाडीलाई देश फर्काउने पनि सम्भावना रहेको छ। यद्यपि अहिलेसम्म यस प्रकरणको आधिकारिक विवरण आएको छैन। यसको आरोपित खेलाडीहरुमा आर्टुरो भिडालसहित जिन मेनेसिस, गुइलेरमो मारिपन, ग्यारी मेडल, पाब्लो ग्लाडामेस, पाब्लो अरागुइज र इडुआर्डो भार्गस रहेका छन्।

यसअघि केही दिनअघि पनि चिलीका भिडाल र मेडललाई दक्षिण अमेरिकी फुटबल फेडेरेसनले होटलमा 'हेयर ड्रेसर' बोलाएको भन्दै जरिवाना तिराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell