PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

डाँडामा योग दिवस...

डाँडामा योग दिवस...

प्रवीण रानाभाट/पहिलोपोस्ट


आज अन्तर्राष्ट्रिय योग दिवस। तर कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण भिड गर्न नहुने भएकोले सार्वजनिक स्थानमा कार्यक्रमहरु राखिएको छैन।

मानिसहरु बिहानै शारीरिक अभ्यासका क्रममा काठमाडौंका डाँडाहरुमा योगाभ्यास गरिरहेका देखिन्थे।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।

योग सबैका लागि सधैँका लागि भएकामा मध्यकालमा दाह्री, कपाल पालेका वैरागी एवं साधु सन्तका लागि मात्र भन्ने बुझिन थालियो। अहिले भने स्वास्थ्यसँग जोडिएर आएको छ योग। दिवसका अवसरमा नेपालमा भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम आयोजना गरिँदै छ।



ट्रेन्डिङ पोस्ट

Ncell