काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइनका लागि खोलिएको आवेदनमा ५ सय बढी आवदेन परेका छन्। नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले खुला प्रतिस्पर्धाको विजेताले एक लाख रुपैयाँ पाउने गरी जेठ ३१ गते आवेदन खोलेको थियो।
क्यानका अनुसार हालसम्म ५ सय वटा डिजाइन क्यानमा आइपुगेका छन्। जसबाट छनोटका लागि क्यानले ४ सदस्यीय समिति बनाएको छ। जसमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, महाप्रवन्धक रौनक मल्ल, म्यानेजर बिनोद दास र स्पोन्सरका प्रतिनिधि रहनेछन्।
कमिटीले छनोट गरेको डिजाइन क्यान बोर्डलाई रिपोर्ट गर्नेछ र बोर्डले अन्तिम निर्णय गर्नेछ।
