PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

बालुवाटारमा मनाइयो सातौं अन्तर्राष्ट्रिय योग दिवस



पहिलोपोस्ट

बालुवाटारमा मनाइयो सातौं अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सातौं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अन्तर्राष्ट्रिय योग दिवस मुल समारोह समितिले एक समारोहबिच योग दिवस मनाएको हो।

कार्यक्रममा मुल समारोह समितिका संयोजक शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, पर्यटनमन्त्री उमाशंकर अरगरिया, योग गुरुहरु डा. हरि पोखरेल, स्वामी आनन्द अरुण लगायत सहभागी थिए।

कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले राजयोगको अभ्यास गराएको थियो भने योगको महत्वबारे गुरुहरुले प्रवचन दिएका थिए।

प्रधानमन्त्री ओलीले आधुनिक समाजमा योगको महत्व बढ्दै गएको बताए। सुस्वास्थ्य र स्वस्थ जीवनशैलीका योग अतिआवश्यक रहेको ओलीको भनाई थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell