PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

रुपन्देहीमा निषेधाज्ञा खुकुलो : निजी सवारीलाई जोरविजोर प्रणाली, सरकारी कार्यालय खुल्ने



पहिलोपोस्ट

रुपन्देहीमा निषेधाज्ञा खुकुलो : निजी सवारीलाई जोरविजोर प्रणाली, सरकारी कार्यालय खुल्ने

बुटवल : रुपन्देहीमा मंगलवारबाट निषेधाज्ञा थप खुकुलो हुने भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को सोमबार बसेको बैठकले निजी सवारीमा जोरविजोर प्रणाली र सरकारी कार्यालय समेत खोल्नेगरी निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनक थापाले भने, 'जोर गते जोर नम्बरका सवारी साधन र विजोर गते विजोर नम्बरका सवारी साधन चलाउन पर्नेछ। यो निजी सवारी साधनको लागि मात्र हो। सार्वजनिक सवारी साधन अझै खुला भएको छैन।'

यस्तै डीसीसीएमसीको बैठकले भोलिबाट सबै सरकारी कार्यालय खोल्ने निर्णय पनि गरेको छ। यसअघि अत्यावश्यक कार्यालयहरु मात्र खुलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell