PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

जनमोर्चाका पदमुक्त सांसद थापाको मुद्दामा आएन अन्तरिम आदेश, कारण देखाउ आदेश जारी, दुबै पक्षलाई बोलायो



पहिलोपोस्ट

जनमोर्चाका पदमुक्त सांसद थापाको मुद्दामा आएन अन्तरिम आदेश, कारण देखाउ आदेश जारी, दुबै पक्षलाई बोलायो

काठमाडौं : राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभाका पदमुक्त सांसद कृष्ण थापाको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

गण्डकी प्रदेशसभाका सभामुख, प्रदेशसभा सचिवालय समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले लिखित जवाफ बुझाउन विपक्षीका नाममा आदेश जारी गरेको हो।

इजलासले अन्तरिम आदेश भने दिएन। अन्तरिम आदेशका लागि दुबै पक्षलाई असार ११ गते छलफलमा बोलाएको छ।

जेठ २८ गते दोस्रोपटक पदमुक्त भएपछि थापाले आइतवार सर्वोच्चमा रिट दायर गरेका थिए। तत्काली विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र नेपाली पोखरेललाई सहयोग नगरेको भन्दै पार्टीको सिफारिसमा सभामुख नेत्रनाथ अधिकारीले दोस्रोपटक पदमुक्त गरेका थिए।

सभामुखले जबरजस्ती पदमुक्त घोषणा गरेकाले आफू फेरि अदालत पुगेको थापाले बताए।

गण्डकी प्रदेश बाग्लुङ जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रदेशसभा सदस्य पदमा निर्वाचित थापालाई यसअघि तत्कालीन विपक्षी गठबन्धनलाई समर्थन नगरेको भन्दै कारवाही गरिएको थियो। कारवाहीको प्रक्रिया नमिलेको भन्दै सर्वोच्चले पुनर्वहाली गरेको थियो।

उक्त आदेशविरुद्ध परेको भ्याकेट निवेदनमा सर्वोच्चले थापालाई निरन्तरता दिनुपर्ने अन्तरिम आदेश खारेज गरेको थियो भने २८ गतेको पदमुक्त निर्णयलाई सदर गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell