PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कोपा अमेरिकामा दुई खेल: अर्जेन्टिनालाई पाराग्वेको चुनौती



पहिलोपोस्ट

कोपा अमेरिकामा दुई खेल: अर्जेन्टिनालाई पाराग्वेको चुनौती

कोपा अमेरिका अन्तर्गत भोलि बिहान दुई खेल हुँदैछन्।

समूह 'ए' अन्तर्गतको भोलि बिहानको पहिलो खेलमा चिली र उरुग्वे भिड्ने छन्। ब्राजिलको कुइअबास्थित एरेना प्यान्टनलमा बिहान पौने तीन बजे हुने खेलमा कोपा अमेरिकाको सर्वाधिक सफल टिम उरुग्वेले चिलीको सामना गर्ने। आफ्नो पहलो खेलमा अर्जेन्टिनासँग पराजय ब्यहोरेको उरुग्वे दोस्रो खेलमा पहिलो जितको खोजीमा हुनेछ। त्यस्तै अर्जेन्टिनासँग बराबरी र बोलिभियामाथि जित निकालेको चिली उरुग्वेलाई हराउँदै समूहको शीर्षस्थानमा उक्लन चाहनेछ।

त्यस्तै भोलि बिहाननै हुने दोस्रो खेलमा अर्जेन्टिनामा र पाराग्वे आमनेसामने हुनेछन्। पहिलो खेलमा चिलीसँग बराबरी खेलेको अर्जेन्टिनाले दोस्रो खेलमा उरुग्वेलाई हराउँदै ४ अंक जोडेको छ भने पहिलो खेलमा बोलिभियालाई हराउँदै पाराग्वेले तीन अंक जोडेको छ। दुबै टोली एकअर्कालाई हराउँदै शीर्षस्थानमा उक्लने होडमा रहनेछन्। खेल बिहान पौने ६ बजे सुरु हुनेछ।

प्रतियोगितमा ५/५ टिमको दुई समूह बनाइएको छ। दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्ने छन्।

समूह ए

अर्जेन्टिना, पाराग्वे, उरुग्वे, चिली, बोलिभिया

समूह बी

ब्राजिल, कोलम्बिया, इक्वेडर, भेनेजुएला, पेरु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell