PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

२२९७ जना कोरोना संक्रमित थप : बाग्लुङमा थपिए सबैभन्दा धेरै, सक्रिय संक्रमित नभएको जिल्लाको संख्या शून्य



पहिलोपोस्ट

२२९७ जना कोरोना संक्रमित थप : बाग्लुङमा थपिए सबैभन्दा धेरै, सक्रिय संक्रमित नभएको जिल्लाको संख्या शून्य

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २ सय ९७ जनामा कोरोना पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार १० हजार ९ सय ४ जनामा परीक्षण गर्दा २ हजार २ सय ९७ जनामा संक्रमण देखिएको हो।

जसमा आरटी-पीसीआर विधिबाट १ हजार ५ सय ८४ र एन्टिजेनबाट ७ सय १३ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा ३ हजार १ सय ३० जना संक्रमणमुक्त भएका छन्।

आरटी-पीसीआर विधिबाट भएको परीक्षणमा प्रदेश १ मा ४ सय ३३ जना, प्रदेश २ मा ६९ जना, वाग्मती प्रदेशमा ६ सय २ जना, गण्डकी प्रदेशमा ४ सय २ जना, लुम्बिनी प्रदेशमा ५९ जना, कर्णाली प्रदेशमा ११ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनामा संक्रमण पुष्टि भएको देखिएको छ।

सबैभन्दा धेरै संक्रमण हुने जिल्लामा बाग्लुङ परेको छ। बाग्लुङमा एकै दिन ३ सय ५ जना संक्रमित थपिएका छन्। काठमाडौंमा थप २ सय ८५ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, झापामा १ सय ३० जनामा संक्रमण देखिँदा मोरङमा १ सय २४ र सुनसरीमा १ सय १४ जनामा संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, चितवनमा ६८ जना, ललितपुरमा ६१ जना, कास्कीमा ४० जना, नवलपरासी पूर्वमा ३० जना, रुपन्देहीमा १६ जना, बारामा १५ जना संक्रमित फेला परेका छन्। ताप्लेजुङ, जुम्ला, म्याग्दी, गुल्मी, नवलपरासी, सल्यानमा भने एक/एक जनामा संक्रमण देखिएका छन्।

५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, बारा, धनुषा, पर्सा, महोत्तरी, सिरहा, चितवन लगायत रहेका छन्। २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लाको संख्या १९ रहेको छ।

त्यस्तै, सक्रिय संक्रमित नरहेको जिल्लाको संख्या शून्य रहेको छ। पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell