PahiloPost

Jun 30, 2024 | १७ असार २०८१

दुर्घटनामा परी पत्रकारको मृत्यु भएपछि वीरेन्द्रनगरमा तनाव, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार



पहिलोपोस्ट

दुर्घटनामा परी पत्रकारको मृत्यु भएपछि वीरेन्द्रनगरमा तनाव, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर-११ स्थित पिपिरा चोक तनाव ग्रस्त बनेको छ। आइतवार पत्रकार खिमप्रसाद पोखरेलको दुर्घटनामा परी उपचारका क्रममा मृत्यु भएपछि आफन्तले दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका छन्।

सडकमा टायर बालेर र नारा जुलुसले यातायातका साधन आवतजावतमा अवरोध गरेका छन्। तर, सुर्खेत प्रहरीले अश्रु ग्याँस प्रहार गरी आन्दोलनकारीलाई तितरवितर पारेर यातायात आवतजावत भइरहेको जनाएको छ।

‘क्षतिपूर्तिको माग गर्दै स्थानीयले एकछिन सडक अवरोध गर्न खोजेका थिए’, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेन्द्र प्रसाद भट्टले भने, ‘अहिले प्रहरीले तितरवितर बनाइसकेको छ, यातायात निर्वाध सञ्चालनमा छन्।’

आइतवार दिउँसो सुर्खेत दैलेख सडक खण्ड अन्तर्गत कपासे नजिक दुर्घटनामा परी मोटरसाइकलमा सवार पोखरेल घाइते भएका थिए। घाइते पोखरेलको उपचारका क्रममा मृत्यु भएको थियो। उनका परिवार र आफन्त भने सत्य तथ्य छानविन गरी पीडितलाई न्याय दिनुपर्ने भन्दै सडकमा उत्रिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell