PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘जुलुङ्गो’ उत्कृष्ट घोषित



पहिलोपोस्ट

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘जुलुङ्गो’ उत्कृष्ट घोषित

काठमाडौं : नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘जुलुङ्गो’ (स्केरक्रो)ले लघु फिल्मतर्फको उत्कृष्ट जुरी अवार्ड जित्न सफल भएको छ। भर्चुअल्ली आयोजित चार दिन लामो महोत्सवमा लघु फिल्मतर्फ कै प्याट हेवुड र जेमिल मेगिनिसको चलचित्र ‘ग्रामर्सी’ले पनि पुरस्कृत भए।

त्यस्तै रामदास कदावल्लुरको फिल्म ‘मन्नु : स्प्राउट्स अफ एन्डुरेन्स’ ले स्पेसल जुरी मेन्सन अवार्ड पाएको छ। सोफिया अलावीको फिल्म ‘सो ह्वाट इफ गोट्स डाइ’ ले पनि स्पेसल जुरी मेन्सन अवार्ड प्राप्त गरेको छ।

उत्कृष्ट एक्सपेरिमेन्टलको जुरी अवार्ड लोरी फेल्करकको ‘स्पोटेनस’ ले प्राप्त गरेको छ भने उत्कृष्ट फिचर फिल्मको जुरी अवार्ड ‘आइएम सफोकेटिङ, दिस इज माइ लास्ट फिल्म अबाउट यू’ ले हात पारेको छ। लेमोह्याङ जेरिमाया मोसेजद्धारा निर्देशित यही फिल्मले महोत्सवमा ग्रान्ड जुरी अवार्ड प्राप्त जितेको छ।

नेपाल–अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको महोत्सवमा नेपाललगायत १४ देशका ३० वटा चलचित्र प्रदर्शन भए। महोत्सव अवधिभर निःशुल्क चलचित्र प्रदर्शन गरिएको थियो। प्रदर्शन भएका चलचित्रबारे दर्शक र चलचित्र निर्मात–निर्देशक तथा कलाकारसँग छलफल कार्यक्रम पनि आयोजना गरिएको थियो।

महोत्सवको निर्णायक मण्डलमा रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमान्ते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब थिए। कोरोना महामारीका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलहरुको नेटवर्कमा कोसाफको आयोजना भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell