PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

बेल्जियम समूह 'बी' को विजेता, रसियालाई फराकिलो अन्तरले हराउँदै डेनमार्क अन्तिम १६ मा



पहिलोपोस्ट

बेल्जियम समूह 'बी' को विजेता, रसियालाई फराकिलो अन्तरले हराउँदै डेनमार्क अन्तिम १६ मा
Photo: Reuters

यूईएफए युरो कप अन्तर्गत गएराति सम्पन्न समूह 'बी'का दुई खेलसँगै बेल्जियम र डेनमार्क अन्तिम १६ मा प्रवेश गरेका छन्।

यसअघि नै अन्तिम १६ मा स्थान बनाइसकेको बेल्जियमले क्रिस्टोभ्यस्की स्टेडियममा सम्पन्न खेलमा फिनल्याण्डलाई हराउँदै समूहमा शतप्रतिशत जित निकालेर समूह विजेता बन्न सफल भयो। उक्त खेलमा बेल्जियमले २-० को जित निकाल्यो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गर्दा ८१ औं मिनेटमा गरेका थिए। त्यसअघि फिनल्याण्डका लुकास ह्राडेस्कीले ७४ औं मिनेटमा आत्मघाती गोल गोल गर्दा बेल्जियमले जित निकालेको थियो।

त्यस्तै अर्को खेलमा डेनमार्कले रसियामाथि फराकिलो जित निकाल्यो। पार्केन स्टेडियममा सम्पन्न खेलमा डेनमार्कले रसियामाथि ४-१ को फराकिलो जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउन सफल भयो।

खेलको ३८ औं मिनेटमा मिकेल डाम्सगार्डको गोलमा अग्रता बनाएको डेनमार्क पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा युसुफ पउलसेनले डेनमार्कको अग्रता दोब्बर बनाए। उनले खेलको ५९ औं मिनेटमा गोल गर्दा रसियाले ७० औं मिनेटमा गोल फर्काए। पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै आर्टेम डिज्युबाले गोल गरेका थिए। यता डेनमार्कका आन्द्रेस क्रिस्टेनसेनले ७९ औं मिनेटमा र जोआकिम मइह्लेले ८२ औं मिनेटमा गोल गर्दा डेनमार्कले ४-१ को फराकिलो जित निकाल्यो।

समूहमा शीर्षस्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको बेल्जियमले ९ अंक जोड्दा दोस्रो स्थानका लागि भने तीन टिमको ठूलो प्रतिस्पर्धा देखियो। डेनमार्क, फिनल्याण्ड र रसियाको समान ३ अंक रहे पनि गोलअन्तरका आधारमा डेनमार्क दोस्रो, फिनल्याण्ड तेस्रो र रसिया चौथो स्थानमा रहे। यो सँगै रसिया प्रतियोगिताबाट बाहिरिएको छ भने फिनल्याण्डले भने अझै अन्तिम १६ का लागि अन्यसमूहका तेस्रो स्थानको टिमसँगको समीकरण कुर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell