![भिडालले आत्मघाती गोल गर्दा उरुग्वेसँग बराबरीमा रोकियो चिली](https://pahilopost.com/assets/upload/contentthumb/200767691_1469118810113999_7202422990377183843_n.jpg)
कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न समूह 'ए' को खेलमा उरुग्वे र चिली बराबरीमा रोकिएका छन्। ब्राजिलको कुइअबास्थित एरेना प्यान्टनलमा सम्पन्न खेलमा चिली र उरुग्वे १-१ को बराबरीमा रोकिएका हुन्।
खेलको २६ औं मिनेटमा इडुआर्डो भार्गसको गोलमा चिलीले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा चिली एक गोलले अघि रहे पनि दोस्रो हाफमा चिलीका आर्टुरो भिडाल आत्मघाती गोल गर्न पुगे। उनले खेलको ६६ औं मिनेटमा आत्मघाती गोल गर्दा उरुग्वे र चिली १-१ को बराबरीमा रोकिए।
बराबरीका बावजुत ३ खेलबाट ५ अंक जोडेको चिली समूह 'ए' को शीर्षस्थानमा छ। त्यस्तै ४ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा, ३ अंक जोडेको पाराग्वे तेस्रो स्थानमा रहँदा १ अंक जोडेको उरुग्वे चौथो स्थानमा छ। त्यस्तै जितविहीन बोलिभिया तालिकाको पुछारमा छ।
आजै बिहान हुने समूह 'ए' को अर्को खेलमा अर्जेन्टिना र पाराग्वे भिड्दै छन्। खेल पौने ६ बजे सुरु हुनेछ।
प्रतियोगितमा ५/५ टिमको दुई समूह बनाइएको छ। दुबै समूहका शीर्ष चार टोलीले प्रतियोगिताको क्वाटरफाइनल खेल्ने छन्।
समूह ए
अर्जेन्टिना, पाराग्वे, उरुग्वे, चिली, बोलिभिया
समूह बी
ब्राजिल, कोलम्बिया, इक्वेडर, भेनेजुएला, पेरु