PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

कुन जिल्लामा कहिलेसम्मको लागि थपियो निषेधाज्ञा ?



पहिलोपोस्ट

कुन जिल्लामा कहिलेसम्मको लागि थपियो निषेधाज्ञा ?

काठमाडौःकाठमाडौं उपत्यकाभित्र आजदेखि निषेधाज्ञा खुकुलो भएको छ। अर्थात् ५० दिन भन्दा बढी समयदेखि बन्द भएका केही पसल खुले भने निजी सवारी साधन गुडे।

काठमाडौं उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थप गर्दै खुकुलो बनाउने निर्णय गरेको थियो। असार १४ गतेसम्म निषेधाज्ञा गरिएको छ। निजी सवारी साधनले जोरबिजोर प्रणालीमा गुड्न पाए पनि सार्वजनिक सवारी साधनलाई भने बन्देज नै गरिएको छ।

काठमाडौं उपत्यका मात्र होइन अहिले देशभर अन्य जिल्लामा समेत काठमाडौं उपत्यकाभित्र लागु भएको मोडालिटी प्रयोग गरिएको छ। अन्य केही जिल्लामा निषेधाज्ञाको समय पनि असार १४ गतेसम्म पुर्‍याएको छ। अहिले देशभरका ७५ वटा जिल्लामा निषेधाज्ञा गरिएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell