PahiloPost

Sep 15, 2026 | ३० भदौ २०८३

५४ दिनपछि निजी सवारी सडकमा, पसल र सवारी खुल्दा काठमाडौं उपत्यकामा भिडभाड

५४ दिनपछि निजी सवारी सडकमा, पसल र सवारी खुल्दा काठमाडौं उपत्यकामा भिडभाड

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : ५४ दिनपछि निजी सवारी साधन सडकमा गुड्दा काठमाडौं उपत्यकाभित्रको सडकमा भिडभाड देखिएको छ। काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आजबाट निजी सवारी साधानलाई जोरबिजोर प्रणालीमा चल्न दिने निर्णय गरेका थिए। त्यसैले आज बिहानैदेखि सडकमा निजी सवारी साधानको चाप देखिएको छ।

त्यस्तै, आज बिहान ११ बजेदेखि अन्य केही भाडा, सुनचाँदी पसल, इलेक्ट्रोनिक लगायत पसलहरु समेत खुल्न दिइएको छ। त्यसैले पनि काठमाडौं उपत्यकाभित्र भिडभाड देखिएको हो। ट्याक्सीलाई पनि जोरबिजोर प्रणालीमा चल्न दिइएको छ।

बिहान कार्यालय समयमा ट्राफिक जाम समेत भएको थियो आज।



ट्रेन्डिङ पोस्ट

Ncell