PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

साफ च्याम्पियनसिप र एसियन कप क्वालिफायर्सको तयारीका लागि ५० खेलाडी बोलाइयो, प्रशिक्षण जुलाइ १ बाट



पहिलोपोस्ट

साफ च्याम्पियनसिप र एसियन कप क्वालिफायर्सको तयारीका लागि ५० खेलाडी बोलाइयो, प्रशिक्षण जुलाइ १ बाट
तस्बिर : एन्फा

काठमाडौं: साफ च्याम्पियनसिप र एसियन कप क्वालिफायर्सलाई लक्षित गर्दै राष्ट्रिय फुटबल टिमको तयारीका लागि प्रशिक्षणमा ५० जना खेलाडी बोलाइएको छ। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जुलाई १ बाट प्रशिक्षण सुरु गर्ने गरी खेलाडीहरु प्रशिक्षणमा बोलाएका हुन्।

नेपाली फुटबल टोली अघिल्लो हप्तामात्र कुवेतमा विश्वकप क्वालिफायर्स र एसियन कप क्वालिफायर्स अन्तर्गतको खेल खेलेर स्वदेश फर्किएको थियो। समूह 'बी' रहेको नेपालले चौथो स्थानमा रहँदै एसिया कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको थियो।

नजिकिँदै गरेको साफ च्याम्पियनसिप र एसियन कप क्वालिफायर्सलाई लक्षित गर्दै प्रशिक्षण सुरु गर्न लागिएको हो। प्रशिक्षणको प्रारम्भिक चरणमा ५० जना खेलाडीलाई बोलाइएको छ।

यी हुन प्रशिक्षणमा बोलाइएको ५० खेलाडी

अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरणकुमार लिम्बू, आशिष लामा, अभिशेक रिजाल, अमित तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुस घलान, भरत खवास, विबेक बस्नेत, विशाल राई, दर्शन गुरुङ, दिनेश राजबंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रिजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजीव लोप्चन, रन्दीप पौडेल, रवि पासवान, रोहित चन्द, सञ्जोग राई, सन्तोष तामाङ, शेषेहाङ आङदाम्बे, शिषिर लेखी, सुदिल राई, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुर जिउ ठकुरी, तेज तामाङ र त्रिदेब गुरुङ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell