PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

सुरु भयो क्रिकेटको बन्द प्रशिक्षण



पहिलोपोस्ट

सुरु भयो क्रिकेटको बन्द प्रशिक्षण
सबै तस्बिर: क्यान

काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आजबाट सुरु भएको छ। विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजको तयारीका लागि आजबाट बन्द प्रशिक्षण सुरु भएको हो।

नेपालले जुलाईको महिनामा स्पेनमा स्कटल्याण्ड र नामिबियासँग एकदिवसीय त्रिकोणात्मक सिरिज खेल्नेछ। नेपालले यसअघि लिग टू अन्तर्गत अमेरिका र ओमनसँग घरेलु मैदानमा खेलेको थियो। जसमा दुई जित र दुई हार ब्यहोरेको थियो।

तयारीका लागि क्यानले यसअघि नै २० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। जसमध्ये हाल अमेरिकामा रहेका पृथु बास्कोटाले ब्यक्तिगत कारण देखाउँदै सिरिजमा सहभागिता जनाउन नसक्ने बताइसकेका छन्।

प्रशिक्षण अघि क्यानले १९ खेलाडी र ४ अफिसियल गरी २२ जनाको कोभिड परीक्षण गराएको थियो। जसमा सबै खेलाडीको कोभिड नेगेटिभ आएको थियो।

को को छन् बन्द प्रशिक्षणमा?

ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, दीपेन्द्र सिंह ऐरी, आशिफ शेख, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अभिनास बोहोरा, सन्दीप जोरा, साहब आलम, सुशान भारी, शरद भेषावाकर, विक्रम शोब, पवन सर्राफ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell