PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कोरोनाले रोकिएको फिल्म 'आरआरआर' को छायाँकन पुन: सुरु



पहिलोपोस्ट

कोरोनाले रोकिएको फिल्म 'आरआरआर' को छायाँकन पुन: सुरु

चर्चित फिल्म ‘बाहुबली’का निर्देशक एसएस राजामौलीको फिल्म 'आरआरआर' निकै बहु प्रतिक्षित फिल्म हो। कोरोना महामारी बिच लकडाउनका कारण रोकिएको यस फिल्मको छायाँकन पुन: सुरु भएको छ।

भारतमा कोरोनाको दोस्रो लहरबिच यस फिल्मको छायाँकन रोकिएको थियो। संक्रमणदर घटे सँगै सरकारले सुटिङका लागि अनुमति दिएपछि फिल्मको छायाँकन प्रारम्भ भएको हो।

भारतमा जुलाई वा अगस्टमा कोरोना भाइरसको तेस्रो लहर आउने आशंका गरिएको छ। तेस्रो लहर नआउँदै फिल्मको बाँकी छायाँकन सक्ने फिल्म निर्माण टिमको योजना रहेको छ।

फिल्म 'आरआरआर' मा जुनियर एनटिआर, राम चरण, आलिया भट्ट, अजय देवगण लगायतका कलाकारको भूमिका रहेको छ। यसै फिल्मबाट आलिया भट्ट र अजय देवगनले दक्षिण भारतीय फिल्म उद्योगमा डेब्यू गर्दैछन्।३२५ करोड (भारु) बजेटमा निर्माण हुन लागेको फिल्म अक्टोबर १३ मा रिलिज हुने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell