PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

'आइजी सा'ब वाकिटकी सहितको हर्न बजाइदिनु न' भन्दै क्लब हाउसमा गफ दिनेहरु होसियार!



पहिलोपोस्ट

'आइजी सा'ब वाकिटकी सहितको हर्न बजाइदिनु न' भन्दै क्लब हाउसमा गफ दिनेहरु होसियार!

काठमाडौं :  'आइजी सा'ब वाकिटकी सहितको हर्न बजाइदिनु न।'

क्लब हाउसको होस्ट गरेका एक युवकले भन्दै थिए।

उनको भनाईपछि नेपाल प्रहरीको बर्दीमा आइजीपी शैलेश थापा क्षेत्री आइपुगे। त्यसपछि उनले हर्न बजाए।

फेरि ती युवकले यहाँ भिडभाड भएको भन्दै व्यवस्थापन गर्न ट्राफिक प्रहरी आइपुगे।

क्लब हाउसमा यही विषयमा चर्चा चलिरहन्छ। आइजीपी क्षेत्री हराउँछन्। होष्ट गरेका युवाले भने, 'उहाँ अन्य ग्रुपमा लफडा परेकाले जानु भएको छ।'

त्यही विषयमा व्यङ्ग्य चल्छ। तर, त्यहाँ उपस्थित भएका महानिरीक्षक थापा सक्कली प्रहरी थिएनन्। उनको फोटो प्रयोग गरिएको थियो। पछिल्लो समय राम्रो चर्चा कमाएको क्लब हाउसमा फेक व्यक्ति फेक नाममा सक्रिय हुनेक्रम ज्यादै छ। र, यसरी फेक अकाउन्टबाट क्लब हाउसमा सक्रिय एक जनालाई प्रहरीले पक्राउ परेको छ। 

प्रहरीको बर्दी प्रयोग गरेर गलत गतिविधि गरेको अभियोगमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ। क्लब हाउसमा माथि उल्लेख भए झै संवाद गर्ने समूहका एक व्यक्ति पक्राउ परेका हुन्। नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले भक्तपुर चागुनारायण नगरपालिकाका २० वर्षीय इसान लामिछानेलाई पक्राउ गरेको हो।

उनले प्रहरीको फेक आइडी बनाएर बर्दी प्रयोग गरेर क्लब हाउस चलाएकोमा पक्राउ गरेर कारबाही गरिरहेको व्यूरोका एसएसपी नविन्द्र अर्यालले जानकारी दिए।

पक्राउ परेका उनलाई अदालतबाट स्वीकृति लिएर प्रहरीले सात दिनका लागि हिरासतमा लिएर अनुसन्धान गर्ने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell