PahiloPost

Sep 4, 2026 | १९ भदौ २०८३

बाढीले टुट्यो पुल, सेनाले बनायो साँघु



रासस

बाढीले टुट्यो पुल, सेनाले बनायो साँघु

मनाङ : मनाङमा नेपाली सेनाले स्याल्कु खोलामा अस्थायी काठे पुल (साँघु) निर्माण गरेको छ। खोलाबाट नयाँबजार कोतोतर्फ आवतजावत गर्ने दुई वटा अस्थायी काठेपुल निर्माण गरेको हो। चामे गाउँपालिका–४ स्थित स्याल्कु खोलामा रणदल गुल्मबाट खटिएको टोली, नेपाल प्रहरी र स्थानीय वासिन्दाको सहकार्यमा काठेपुल निर्माण गरिएको सेनाले बताएको छ।

असार ४ गते अविरल वर्षापछि आएको बाढीपहिरोले मनाङ जिल्लाको विभिन्न स्थानमा पुल तथा सडक बगाएको छ। पुल बगाएपछि आवतजावतमा समस्या आएपछि अस्थायी काठेपुलको निर्माण गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell