PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

दक्षिणकालीमा एक महिला मृत अवस्थामा फेला, एसएसपी सहितको टोली घटनास्थल जाँदै



पहिलोपोस्ट

दक्षिणकालीमा एक महिला मृत अवस्थामा फेला, एसएसपी सहितको टोली घटनास्थल जाँदै

काठमाडौं : काठमाडौंको दक्षिणकालीमा एक महिलाको शव फेला परेको छ।

दक्षिणकाली पार्किङ रहेको पिकनिक स्पट नजिकै शव फेला परेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले जानकारी दिए। शवको पहिचान खुलिसकेको छैन।

'अनुहार नचिनिने अवस्थामा शव फेला परेको जानकारी आएको छ। घटनास्थलमा हामी पुग्दौंछौं,' एसएसपी खापुङले भने।

यसअघि जेठ २५ गते काठमाडौंको बौद्धमा पनि बोरामा फ्यालिएको अवस्थामा मानिसको खुट्टा फेला परेको थियो। अहिलेसम्म खुट्टा कसको हो भन्ने खुल्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell