PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कांग्रेसको समायोजन : सहमहामन्त्री सुनिलबहादुर थापा समूहलाई ५५ जना महासमिति सदस्य



कांग्रेसको समायोजन : सहमहामन्त्री सुनिलबहादुर थापा समूहलाई ५५ जना महासमिति सदस्य

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा समूहलाई कांग्रेसले ५५ जनालाई महासमिती सदस्य पदमा समायोजन गरेको छ। मंगलवार थापासहित रामकृष्ण भट्टराई, विष्णुविक्रम थापा, किरण गिरीलगायतलाई महासमिति सदस्य पदमा समायोजन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको पत्रमा उल्लेख छ।

गत वर्षको साउन १३ गते सानेपामा सुनिल समूह राप्रपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेको थियो। नेपाली काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिललाई गत वर्षको कात्तिक २८ गते सहमहामन्त्रीमा मनोनित गरेको थियो।

काँग्रेसले थापासहित रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, वावुराम बस्नेत,  वृजलाल यादव,  किरण गिरी र टिएन योगीलाई केन्द्रीय सदस्यमा र दिलिप राई (झापा), आशाराम चौधरी (कैलाली) र राजेशबहादुर सिंह (कपिलवस्तु)लाई – आमन्त्रित केन्द्रीय सदस्य मनोनित गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell