PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

१६ हजार ९ सयको परीक्षण गर्दा ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण



पहिलोपोस्ट

१६ हजार ९ सयको परीक्षण गर्दा ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण

काठमाडौंः पछिल्लो २४ घण्टामा देशरभर ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङक अनुसार १६ हजार ९ सय १३ जनामा परीक्षण गरिएकोमा ४ हजार ५ सय २२ जनामा संक्रमण देखिएको हो।

१२ हजार २ सय ४ जना आरटी पिसिआर परीक्षण गर्दा ३ हजार ७ सय ३ जनामा संक्रमण देखिएको हो। त्यस्तै  ४ हजार ७ सय ९ जनाको एन्टिजिन परीक्षण गर्दा ८ सय १९ जनामा पोजेटीभ देखिएको थियो। त्यस्तै ४ हजार ९ सय ५४ जना संक्रमण मुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा ४१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell