PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

संवैधानिक इजलासमा सुनुवाई सुरु, देउवाका पक्षबाट बहस हुँदै



पहिलोपोस्ट

संवैधानिक इजलासमा सुनुवाई सुरु, देउवाका पक्षबाट बहस हुँदै

काठमाडौं : प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका तर्फबाट अधिवक्ता खम्मबहादुर खत्रीले बहस सुरू गरेका छन्। 

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन्। 

इजलास सुरु भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षधर कानुन व्यवसायीले निर्धारण गरिएको समयमाथि प्रश्न उठाएका थिए। इजलासले बहसका लागि १२ घण्टा तोकेको छ। 

जेठ २६ को संवैधानिक इजलासले निवेदकलाई जवाफी बहसका लागि ३ घण्टासहित १५ घण्टा समय तोकेको थियो। सरकारी पक्षलाई पनि १५ घण्टा तोकेको थियो। अदालतका सहयोगी एमिकस क्युरीले आधा/आधा घण्टा गरी २ घण्टा समय पाउनेछन्।

त्यसैलाई लिएर सरकार पक्षीय कानुन व्यवसायीले प्रश्न उठाएका हुन्। पछि सल्लाह गर्ने भन्दै इजलास अघि बढेको हो। समय अभावका कारण कानुन व्यवसायी पृष्ठभूमिका नेताहरुले बहस नगर्ने निर्णय गरेका थिए। यसअघि भीम रावल, रमेश लेखक, पुष्पा भुसाल, देव गुरुङलगायत कानुनी पृष्ठभूमिका नेताहरुले बहस गर्ने तय भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell