PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधारका संकेतहरू  



पहिलोपोस्ट

कलाकार निशा घिमिरेको स्वास्थ्यमा सुधारका संकेतहरू  

काठमाडौं : नर्भिक अस्पतालमा उपचरारत् मोडल निशा घिमिरेको स्वास्थ्य अवस्थामा सुधार आएको छ। पहिले भन्दा निशाको स्वास्थ्य अवस्थामा क्रमश: सुधार हुँदै आइरहेको बुवा प्रेम प्रसाद घिमिरेले जानकारी दिए।

उद्धार गरेर ल्याएको भोलिपल्टदेखि नै निशामा परिवर्तन देखिएको थियो। साथै मंगलवारदेखि निशालाई ह्विलचेयरमा बसाउन समेत सुरु गरिएको प्रेमले बताए।

'अहिले छोरीको स्वास्थ्यमा निकै सुधार आइरहेको छ। बुझेजस्तो गरी शरीर तथा अनुहार र आँखाको हाउभाउबाट प्रतिक्रिया समेत दिन थालेकी छिन्। उनले पछिल्लो समय बोल्ने प्रयास समेत गरिरहेकी छिन्। साथै शरीरका घाउहरु समेत निको हुँदै छन्,' प्रेमले पहिलोपोस्टसँगको कुराकानीमा बताए।

तर, अहिले पनि उनले खाना खान भने सकेकी छैनन्। पाइपमार्फत नै उनलाई खाना दिइने गरिएको छ। साथै निशाको उपचारमा सहयोग गर्ने सम्पुर्णलाई धन्यावाद समेत दिएका छन्।

जेठ २७ गते उद्धार गरी अस्पातल भर्ना भएकी उनको विशेष उपचार कक्षमा राखेर उपचार भइरहेको छ। उनको हाल नर्भिक अस्पतालले थेरापी, म्युजिक थेरापी लगायतका विभिन्न विधिबाट उपचार गरिरहेको छ।

२०७६ पुस १८ गते भारतको देहरादुनमा निशा कार दुर्घटनामा परेकी थिइन्। दुर्घटनामा निशाको मस्तिष्कको नशामा चोट लागेको थियो। भारतमा १० लाख भारतीय रुपैयाँ खर्च भएपछि २२ दिनको उपचारपछि उनलाई नेपाल ल्याइएको थियो। भारतमा खर्च जुटाउन गाह्रो भएपछि उनका बुवा प्रेमले निशालाई नेपाल ल्याएका थिए।

त्यसपछि निशालाई काठमाडौँको ट्रमा सेन्टरमा भर्ना गरियो। तर, निशालाई नेपाल ल्याएको केहि महिनामा नै कोरोना भाइरसको संक्रमण फैलियो। त्यसपछि उनलाई अस्पतालबाट भैंसीपाटीस्थित कोठामा सारियो। तर, आर्थिक अभावका कारण उनको उपचार सम्भव हुन सकेको थिएन।

यसैबिच संचारमाध्यममा उनको स्वास्थ्य अवस्थाको खबर प्रकाशित भएपछि नवजीवन परोपकार संस्थाका संचालक दुर्गानाथ दाहालको पहलमा नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले निशाको नि: शुल्क उपचार गर्ने घोषणा गरेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell