PahiloPost

Aug 19, 2026 | ३ भदौ २०८३

ललितपुर महानगरपालिकामा जेष्‍ठ नागरिकलाई दिइयो कोभिसिल्डको दोस्रो डोज

ललितपुर महानगरपालिकामा जेष्‍ठ नागरिकलाई दिइयो कोभिसिल्डको दोस्रो डोज

रोजन श्रेष्ठ/पहिलोपोस्ट


ललितपुर  : ललितपुर  महानगरपालिकामा ७७ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई कोभिशिल्ड खोप दिइएको छ।

ललितपुर महानगरपालिकाले यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाइसकेका ७७ वर्ष माथिका महानगरका स्थायी बासिन्दा जेष्ठ नागरिकलाई बुधबार कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाएको हो। 

खोप कार्यक्रम बुधबार एकदिन मात्रै संचालन भएको हो। महानगरपालिका भित्र विभिन्न ८ वटा खोप केन्द्र संचालन गरेर खोप लगाइएको हो। खोप केन्द्र भने अव्यवस्थित थियो। धेरै भीड नगर्न सरकारले अनुरोध गरिरहेको बेलामा वृद्धवृद्धाहरुलाई हुलमुलमा राखेर खोप लगाइएको हो।

कोभिशिल्ड खोपको दोस्रो मात्रा महानगरभित्रका करिब २४ सय जेष्ठ नागरिकलाई लगाइने महानगरपालिकाले जनाएको छ ।



ट्रेन्डिङ पोस्ट

Ncell