PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

पेट्रोलियम पदार्थको भाउ दुई सातामै पुनः बढाइयो, कुनमा कति पुग्यो मूल्य?



पहिलोपोस्ट

पेट्रोलियम पदार्थको भाउ दुई सातामै पुनः बढाइयो, कुनमा कति पुग्यो मूल्य?

काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ पुनः बढाएको छ। जेठ २२ गतेमात्र निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको थियो। निगमले बुधबार रातिबाट लागू हुनेगरि मूल्य समायोजन गरेको हो। 

निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो। आन्तरिक तर्फको हवाइ उडानमा पनि निगमले दुई रुपैयाँले बृद्धि गरेको छ। 

समायोजित मूल्य अनुसार पेट्रोल अब प्रतिलिटर १२७, डिजेल ११० र आन्तरिक तर्फको हवाइ इन्धनको मूल्य अब ८२ रुपैयाँ पुगेको छ। यस्तै निगमले अन्तर्राष्ट्रिय उडान तर्फको हवाइ इन्धनमा प्रति किलोलिटर अमेरिक डलर २० ले बृद्धि गरेको छ। नयाँ मूल्य अब ७३५ प्रति किलोलिटर कायम भएको छ। 

मूल्य समायोजनपछि पनि पेट्रोलमा पाँच रुपैयाँ ७५ पैसा, डिजेलमा तीन रुपैयाँ ५३ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर २५८ रुपैयाँ ७१ पैसा घाटा रहेको निगमले जनाएको छ। 

यसअघि भएको मूल्य समायोजनपछि पेट्रोल १२५ रुपैयाँ कायम थियो। यस्तै, डिजेल १०८ र मट्टीतेल ८० रुपैयाँ कायम थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell