PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

समूह 'एफ' : फ्रान्स विजेता, जर्मनी उपविजेता र पोर्चुगल पनि अन्तिम १६ मा



पहिलोपोस्ट

समूह 'एफ' : फ्रान्स विजेता, जर्मनी उपविजेता र पोर्चुगल पनि अन्तिम १६ मा
Photo: Reuters

यूईएफए युरो कप अन्तर्गत आज राति सम्पन्न खेलमा समूह 'एफ'का फ्रान्स र पोर्चुगल तथा जर्मनी र हंगेरीले बराबरी खेलेका छन्। योसँगै फ्रान्स समूह विजेता र जर्मनी उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्दा पोर्चुगल पनि तेस्रो स्थानमा रहेका टिम मध्येको उत्कृष्ट चारमा पर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

आज एलिनाज एरेनामा सम्पन्न खेलमा एडम स्जेलाइको गोलमा हंगेरीले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि रहेको जर्मनीका लागि ६६ औं मिनेट कइ हाभेर्ट्जले गोल गर्दै खेल बराबरीमा ल्याए। तर त्यसको दुई मिनेट नबित्दै हंगेरीका एन्ड्रस एसचाफेरले गोल फर्काउँदै फेरि आफ्नो टिमलाई अग्रता दिलाए। त्यस्तै ८४ औं मिनेटमा लिओन गोरेट्जकाले गोल फर्काउँदा यी दुई टोली २-२ को बराबरीमा रोकिए।

त्यस्तै आजै सम्पन्न अर्को खेलमा फ्रान्स र पोर्चुगल बराबरीमा रोकिए। खेलको ३० औं मिनेटमा पेनाल्टी पाएको अवसर सदुपयोग गर्दै क्रिस्टियानो रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाए। त्यस्तै ४२ औं मिनेटमा फ्रान्सका लागि पेनाल्टीमै करिम बेञ्जेमाले गोल गर्दा पहिलो हाफ १-१ को बराबरीमा रोकियो। दोस्रो हाफमा फ्रान्सले अग्रता बनायो। फ्रान्सका लागि ४७ औं मिनेटमा फेरि बेन्जेमाले नै पउल पोग्बाको पासमा गोल गरे। अर्कोतर्फ ६० औं मिनेटमा रोनाल्डोले फेरि अर्को पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै गोल गरे। र, खेल २-२ को बराबरीमा रोकियो।

समूहको खेलसकिएसँगै समूह 'एफ' फ्रान्स ५ अंकसहित शीर्षस्थानमा रह्यो भने ४ अंक जोडेको जर्मनीले शीर्ष दुईमा पर्दै अन्तिम १६ मा स्थान बनायो। त्यस्तै ४ अंक नै जोडेर तेस्रो स्थानमा रहेको पोर्चुगल तेस्रो स्थानमध्येको शीर्षचार टिममा पर्दै अन्तिम १६ मा स्थान बनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell