PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी



पहिलोपोस्ट

रोनाल्डोले गरे अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी
Photo: Reuters

युईएफए युरो कप अन्तर्गत आज राति सम्पन्न खेलमा फ्रान्स र पोर्चुगलले २-२ को बराबरी खेले। जसमा फ्रान्सका करिम बेञ्जेमा र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले समान दुई/दुई गोल गरे। र, फ्रान्सविरुद्धको दुई गोलसँगै ३६ वर्षे रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन्।

समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्धको खेलमा दुई गोल गरेसँगै रोनाल्डोको गोलसंख्या १०९ पुगेको छ। यो अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालिन सर्वाधिक गोलकर्ता इरानका पूर्व स्ट्राइकर अलि डेइसँगको बराबरी हो।

अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने चार खेलाडी:

अलि डेइ: १०९ गोल (१४९ खेल) इरान

क्रिस्टियानो रोनाल्डो: १०९ गोल (१७७ खेल) पोर्चुगल

मोख्तर दहारी : ८९ गोल (१४२ खेल) मलेशिया

फेरेन्क पुस्कस : ८४ गोल (८५ खेल) हंगेरी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell