PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दुई गोलको अग्रता जोगाउन नसक्दा पेरुसँग बराबरीमा रोकियो इक्वेडर



पहिलोपोस्ट

दुई गोलको अग्रता जोगाउन नसक्दा पेरुसँग बराबरीमा रोकियो इक्वेडर
Photo: Copa America

कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न समूह 'बी' को खेलमा पेरु र इक्वेडर बराबरीमा रोकिएका छन्। ब्राजिलस्थित स्टेडियो ओलम्पिको पेड्रो लुडोभिकोमा सम्पन्न खेलमा पेरु र इक्वेडर २-२ को बराबरीमा रोकिएका हुन्।

खेलको २३ औं मिनेटमा पेरुका खेलाडी रेनाटो टापिआको आत्मघाती गोलमा इक्वेडरले अग्रता बनाएको थियो। त्यस्तै पहिलो हाफको इन्ज्युरी समयमा इक्वेडरका ऐर्टोन प्रिसिआडोले गोल थपे।

पहिलो हाफमा दुई गोलले पछि परेको पेरुका लागि जिआनलुका लापडुलाले ४९ औं मिनेटमा खाता खोले। त्यस्को छ मिनेट नबित्दै पेरुका आन्द्रे करिल्लोले गोल थप्दै खेल बराबरीमा ल्याए। त्यसपछि दुबै टिमले गोल गर्न नसक्दा खेल २-२ को बराबरीमा रोकियो।

बराबरीसँगै पेरुले तीन खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानको कोलम्बियासँग अंक बराबरी गरेको छ। त्यस्तै इक्वेडर तीन खेलबाट दुई अंक जोड्दै तालिकाको चौथो स्थानमा छ।

आजै हुने दोस्रो खेलमा उत्कृष्ट सुरुवात गरेको ब्राजिल र कोलम्बिया आमनेसामने हुनेछन्। ब्राजिलले यसअघि उद्घाटन खेलमा भनेजुएला र दोस्रो खेलमा पेरुमाथि फराकिलो जित निकाल्दा ६ अंक जोडेर समूहको शीर्षस्थानमा छ। त्यस्तै तीन खेल खेलेको कोलम्बियाले एक जित, एक हार र एक बराबरी खेल्दै ४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। खेल बिहान पौने ६ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell