PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारतलाई हराउँदै न्युजिल्याण्डलाई आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि



पहिलोपोस्ट

भारतलाई हराउँदै न्युजिल्याण्डलाई आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि

न्युजिल्याण्डले भारतमाथि फराकिलो जित निकाल्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ। इङ्ग्ल्याण्डको साउथह्याम्पटनमा सम्पन्न खेलमा भारतलाई ८ विकेटले हराउँदै न्युजिल्याण्डले पहिलो टेस्ट च्याम्पियनसिपको उपाधि आफ्नो नाममा गरेको हो।

टस जितेर बलिङमा उत्रिएको न्युजिल्याण्डले भारतलाई पहिलो पारीमा २१७ रनमा समेटेको थियो। जसका लागि केल जेमिनसनले सर्वाधिक ५ विकेट लिँदा ट्रेन्ट बोल्ट र निल वाग्नरले समान २/२ विकेटको महत्वपूर्ण योगदान दिएका थिए। ब्याटिङमा भारतका अजिंक्य रहाणेले सर्वाधिक ४९ रन बनाउँदा कप्तान बिराट कोहलीले ४४ र रोहित शर्माले ३४ रन बनाएका थिए।

त्यस्तै न्युजिल्याण्डले पहिलो पारीमा डेभिड कोनवेको ५४ रन तथा कप्तान केन विलियमसनको ४९ रनको सहायतामा २४९ रन बनायो। जसमा बलिङतर्फ मोहम्मद शमीले ४ विकेट लिँदा इशान्त शर्माले ३ विकेट र रविचन्द्रन अश्विनले २ विकेट लिए।

दोस्रो पारीमा भारतले १७० रन बनायो। जसका लागि ऋषभ पन्तले सर्वाधिक ४१ रन बनाउँदा रोहित शर्माले ३० रन बनाए। भारतलाई सस्तैमा समेट्न टिम साउथीले सर्वाधिक ४ विकेट लिँदा ट्रेन्ट बोल्टले ३ र केल जेमिनन्सनले २ विकेट लिए।

१३९ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको न्युजिल्याण्डले ४५.५ ओभरमा २ विकेटको क्षतिमा नै लक्ष्य पुरा गर्‍यो। जसमा कप्तान विलियमसनले सर्वाधिक अभिजित ५२ रन बनाउँदा रोस टेलरले ४७ रन बनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell