PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सीपीसीको १०० वर्षे पदचाप : पूर्ण गरिबी निवारणदेखि आधुनिक प्राविधि अन्वेषणसम्म



पहिलोपोस्ट

सीपीसीको १०० वर्षे पदचाप : पूर्ण गरिबी निवारणदेखि आधुनिक प्राविधि अन्वेषणसम्म
फोटो : Xinhua

साङ्घाईको ७६ सिनकेइ रोडस्थित इँटा र काठले बनेको दुई तले घर वरिपरिका अरु घरभन्दा खासै भिन्न देखिँदैन। यद्यपि, यही घरमा एक सय वर्ष अगाडि भएको एक गोप्य बैठकले विश्वकै ठूलो जनसंख्या भएको देशको भाग्य भने बदलदियो।

जुलाई २३, १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को पहिलो राष्ट्रिय महाधिवेशन यही घरमा भएको थियो। यही बैठकलाई चिनियाँ इतिहासमा महत्त्वपूर्ण दिनको रुपमा सीपीसी स्थापना दिवस महनाईँदै आएको छ।

त्यहाँदेखि सुरु भएको पार्टीको नेतृत्व रणनीतिक रुपमा बेइजिङमा १९४९ मा स्थापित हुनु अगाडिसम्म चीनका विभिन्न भागमा पुग्यो। आज सीपीसी ९ करोड १० लाख सदस्यसहित विश्वको ठूलो राजनीतिक पार्टी तथा विश्वकै दोस्रो ठूलो अर्थतन्त्रको नेताको रुपमा स्थापित भएको छ।

आर्थिक खुलापनसँगै प्रगतिको पथ

याङ्जी नदीको संगम स्थल, सांघाई चीनको व्यापारिक केन्द्रको रुपमा स्थापित भएको छ। आधुनिक तथा आर्थिक खुलापन, विविधता र नविनतम खोजका लागि देशकै श्रमिक वर्गको आधार बनेको छ।

सन् १९४९ मा जन गणतान्त्रिक चीन (पीआरसी) स्थापना भएसँगै यो शहर देशकै आर्थिक शक्ति केन्द्र तथा अन्तर्राष्ट्रिय समुदायका लागि प्रवेश द्वारका रुपमा रहँदै आएको छ। सन् १९७० को दशकको अन्त्यतिर जब सुधार तथा खुलापनको सुरुवात भयो धेरै विदेशी लगानीकर्ताहरुले सांघाईलाई मुख्यभूमि चीन भित्रको परीक्षण स्थलको रुपमा लिँदै आए। चीनको खुला अर्थतन्त्रको नीति अनुरुप कम्युनिस्ट पार्टी स्थापना भएको भूमिमा विदेशी लगानीकर्ताहरु सहभागी हुँदै फाइदा लिइरहेका छन्। सन् १९९२ मा पहिलो पटक इन्डोनेसियाको सिनार मास ग्रुपको एसिया पल्प एण्ड पेपर (एपीपी) चीनमा प्रवेश गर्‍यो। साङ्घाइमा मुख्यालय भएको यो कम्पनीले चीनको अनुकूल व्यापार नीति तथा निरन्तर सुधार भइरहेको व्यवसायिक वातावरणबाट फाइदा लिइरहेको एपीपी चीनका उपाध्यक्ष झाई जिंग्लीले बताए।

पछिल्लो १० वर्षमा साङ्घाई थप खुलापनमा अगाडि बताएको छ। यहाँ सन २०१३ मा पहिलो पाइलट फ्रि ट्रेड जोनको स्थापना गर्‍यो। साथसाथै चाइना इन्टरनेसनल इम्पोर्ट एक्सपोको आयोजना गर्दै आएको छ। जुन विश्वकै पहिलो आयात सम्बन्धी प्रदर्शनी हो।

२०२० मा सांघाईको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)ले माथिल्लो रेकर्ड कायम गर्दै २०.२ बिलियन डलर लगानी भित्र्यायो जुन अघिल्लो वर्ष भन्दा ६.२ प्रतिशतले बढी हो।

गरिवीलाई बाईबाई

स्थापनाको सुरुवाती वर्ष सांघाईमा बिताएर सीपीसीको मुख्यालय चीनको हिमाली ग्रामिण बस्तीमा सर्‍यो। यो यात्राका क्रममा क्रान्तिकारीहरुले बयान गर्नै नसकिने कठिनताको सामाना गर्दै एक पछि अर्को विजयको यात्रा गरिरहे। १९३१ को नोभेम्बर मा सीपीसीले पूर्वी चीनको जियाङ्सी रुजिनमा सोभियत रिपव्लिक अफ चाइनाको केन्द्रीय सरकारको घोषणा गरे।

लालसेनाको अभूतपूर्व सैन्य अभ्यास सहित लामो मार्च (लङ मार्च) सुरु भयो। पूर्व पश्चिम प्रान्त सान्सीको यानआन र उत्तरी चीनको हेवेइ प्रान्तको सिवाइपोले सीपीसीको मुख्यालयको काम गरे।

लालसेनाको अभूतपूर्व सैन्य अभ्यास सहित लामो मार्च (लङ मार्च) सुरु भयो। पूर्व पश्चिम प्रान्त सान्सीको यानआन र उत्तरी चीनको हेवेइ प्रान्तको सिवाइपोले सीपीसीको मुख्यालयको काम गरे।

गौरवपूर्ण अतितसँग जोडिएका रुजिन, यानआन र सिवाइबो उत्पीडित प्राकृतिक अवस्था तथा पहुँच भन्दा टाढा रहेको भूगोलका कारण गम्भीर गरिवीबाट गुज्रिरहेका थिए।

सीपीसीको नेतृत्वमा देशको गरिवी निवारण अभियानका क्रममा यी क्षेत्रहरु पूर्ण गरिवीबाट बाहिरिए। लोइस पठारमा अवस्थित यानआन खडेरी तथा भूक्षयको गम्भीर समस्याबाट गुज्रिरहेका थिए। अमेरिकी पत्रकार एडगर स्नोले सन् १९३७ को आफ्नो पुस्तक 'रेड स्टार ओभर चाइना'मा लेखेका छन् कि सान्सी प्रान्तको उत्तरी भागमा अवस्थित यानआन उनले देखेकोमध्ये चीनको सबैभन्दा गरिव भाग हो।     

१९४१ मा सीपीसीका योद्धाहरुले यानआनको ४० किलोमिटर पर नान्नीवानमा ठूलो मात्रामा उत्पादन अभियान सुरु गरे। यो कदमले कुमिङ्तान सेनाको सैन्य तथा आर्थिक घराबन्दी विरुद्ध सम्भावना र आत्म आत्मनिर्भरताको महसुस गरायो।

यो कठिन परिस्थिति, आत्मनिर्भताले अभूतपूर्व उपलब्धि दियो। यसले यानआनको महत्त्वपूर्ण भागमा आत्मा जागृत गरायो। यही अभियानलाई आत्मसाथ गर्दै स्थानीयहरुले ठूलो मात्रामा सुधारसहित स्यायु खेती, विद्युतीय कारोबार तथा अन्य व्यवसायी मार्फत् गरिवी विरुद्ध लड्दै सन २०१९ मा गरिवीमाथि विजय हात पारे। सन् २०१९ मा यानआन गरिवीको सूचीबाट बाहिर निक्लियो।

२०२० सम्म यो शहरमा दुई लाख ६६ हजार ८०० हेक्टरमा स्याउका बगैँचा तयार भए। जुन चीनको प्रशासनिक स्तरको शहरमध्ये ठूलो हो। यसको उत्पादन विश्वव्यापी उत्पादनको बीस भागको एक भाग हुन आउँछ। यानआनका किसानहरुको कूल ग्राह्यस्थ उत्पादनको आधा हिस्सा स्याउ खेतीबाट हुने यानआनका फलफुल उद्योग केन्द्रका प्रमुख लु सुको बताउँछन्। अहिले यानआनको स्याउ विश्वका ३० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ।

क्रान्तिकारी वर्षहरुमा होस् या आधुनिक विकासको युगमा होस, यानआनको प्रणलले चिनियाँ पुस्तालाई अगाडि बढ्न तथा विकासको नयाँ आयाम खोज्न हौसला प्रदान गर्ने गरेको यानआन विश्वविद्यालयको मार्क्सिजम स्कुलका डिन तान हुवा बताउँछन्।

आधुनिक विकासको पथ

१९४९ को मार्चमा सीपीसीको केन्द्रीय कमिटीले बेइजिङ उपनगरको सुगन्धित पहाडलाई आफ्नो मुख्यालय बनायो र त्यहाँ साढे तीन वर्ष बस्यो। जहाँबाट सीपीसीले चिनियाँ जनताको स्वतन्त्रता युद्धलाई देशव्यापी रुपमा विजय तर्फ अगाडि बढायो।  यो शहर विभिन्न वंशको शासनकालमा राजधानीको रुपमा रहेको चिनियाँ इतिहास छ। पुन: यसले एकपटक राजधानीको रुपमा आफूलाई स्थापित गर्‍यो। सोही वर्ष पीआरीको स्थापना भयो।

देशको राजनीतिक केन्द्रको रुपमा काम गर्दा गर्दै बेइजिङले २ करोड जनतालाई आवास दिँदै बृहत-महानगरको रुपमा आफूलाई विकास गर्‍यो। २००८ को अगस्टमा बेइजिङले समर ओलम्पिक र पाराओलम्पिकको आयोजना गर्‍यो। सन २०२२ को फेब्रुअरीमा बेइजिङले विन्टर ओलम्पिकको आयोजना गर्दै छ। र, बेइजिङ विन्टर र समर ओलम्पिक आयोजना गर्ने पहिलो शहर पनि बन्दै छ।

राजधानी अहिले प्राज्ञिक तथा नविनतम संशाधनमा धनी छ। ९० भन्दा बढी विश्वविद्यालयहरु, एक हजार बढी अनुसन्धान संस्था तथा करिब ३० हजार राष्ट्रिय स्तरका हाइटेक इन्टरप्राइजहरु सञ्चालनमा छन्। बेइजिङको हईतियान जिल्लामा रहेको चोङक्वानचुन चीनको सिलिकन भ्यालीको रुपमा रहेको छ। जहाँ हाइटेक उद्योगहरु सञ्चालित छन्।

योजना मुताविक २०३५ सम्म शहरको सिर्जनशीलता, प्रतिस्पर्धात्मक र नविनतम खोजमा प्रभाव विश्वकै अग्रस्थानमा पुग्ने अनुमान गरिएको छ। बेइजिङले विश्वव्यापी इनोभेसन सञ्जाल मार्फत विश्वव्यापी अनुसन्धन कोष सञ्चाल गर्ने तयारी गर्दै छ। जसले जलवायु परिवर्तन उर्जा,  जनस्वास्थ्य तथा आर्टिफिसियल इन्टेलिजेन्स प्रशासन (एआई गभर्नेन्स)को क्षेत्रमा संयुक्त अनुसन्धानलाई बढावा दिँदै लैजाने विज्ञान तथा प्रविधि उपमन्त्री लि मेङ बताउँछन्।

जब यसको खाका तयार हुन्छ, विश्वको ठूलो समाजवादी देशको राजधानी नविन अन्वेषणको लहरमा माथि चढ्ने छ। जसले चीनलाई थप उल्लेखनीय भविष्य तर्फ डोहर्‍याउने छ।

(सिन्ह्वाबाट भावानुवाद गरिएको सामाग्री।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell