PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कोलम्बियामाथि ब्राजिलको पुनरागमन जित



पहिलोपोस्ट

कोलम्बियामाथि ब्राजिलको पुनरागमन जित
Photo: Copa America

कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न दोस्रो खेलमा ब्राजिलले कोलम्बियालाई हराएको छ। ब्राजिलको रियो दी जेनेरियोस्थित ओलम्पिक स्टेडियममा सम्पन्न समूह 'बी'को खेलमा कोलम्बियामाथि २-१ को पुनरागमन जित निकाल्दै ब्राजिल अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो।

खेलको १० औं मिनेटमा लुइस डियाजको गोलमा अग्रता बनाएको कोलम्बिया पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा ब्राजिलले खेलमा पुनरागमन गरेको थियो। खेलको ७८ औं मिनेटमा रोबेर्टो फर्मिन्होले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यस्तै कासेमिरोले इन्ज्युरी समयमा अर्को गोल थप्दा ब्राजिलले संघर्षपूर्ण जित निकालेको हो।

आजै सम्पन्न पहिलो खेलमा पेरु र इक्वेडरले २-२ गोल अन्तरले खेलमा बराबरी गरेका थिए।

समूह 'बी' मा ९ अंक जोडेको ब्राजिल शीर्ष स्थानमा छ भने अन्तिम ८ मा स्थान बनाइसकेको छ। त्यस्तै समान ४/४ अंक जोडेका पेरु र कोलम्बिया दोस्रो र तेस्रो स्थानमा रहँदा समान २/२ अंक जोडेका इक्वेडर र भेनेजुएला चौथो र पाँचौ स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell