PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दक्षिणकालीमा मृत अवस्थामा भेटिएकी सन्तोषीको हत्या अभियोगमा एक युवक पक्राउ



पहिलोपोस्ट

दक्षिणकालीमा मृत अवस्थामा भेटिएकी सन्तोषीको हत्या अभियोगमा एक युवक पक्राउ

काठमाडौं : मंगलवार काठमाडौंको दक्षिणकाली मन्दिर नजिकै रहेको पार्किङ क्षेत्रमा मृत अवस्थामा भेटिएकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले कमलाक्षीबाट सुवास तिमल्सिनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ परेका तिमिल्सिनालाई आज सार्वजनिक गरेको हो।

मंगलवार दिउँसो करिब ३ बजेतिर शव भेटिएपछि महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो। ट्वाइलेटभित्र अर्धनग्न अवस्थामा उनको शव फेला परेको थियो।

सन्तोषी कालोपुलमा धर्म बुबा भनिने धर्मबहादुर तामाङसँग बस्दै आएकी थिइन्। तामाङले ३/४ दिनदेखि उनी सम्पर्कमा  नरहेको प्रहरीलाई जानकारी दिएका थिए। 

सन्तोषी विभिन्न चराको आवाज निकाल्न सक्थिन्। उनले ६५ भन्दा बढी चराको आवाज निकाल्थिन्।

महिलाको शव नचिनिने अवस्थामा थियो। अनुहारमा केहीले प्रहार गरेको जस्तो देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell