PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाई सुरु



पहिलोपोस्ट

प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाई सुरु

काठमाडौं : हिजो देखि सुरु भएको प्रतिनिधिसभा विघटन मुद्दामा आज पनि सुनुवाइ जारी छ। सुनुवाइ सुरु हुँदा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस अघि बढाएका छन्। 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा निवेदक शेरबहादुर देउवाको पक्षमा श्रेष्ठले बहस थालेका हुन्। 

हिजो देउवा पक्षका पाँच जना कानुन व्यवसायीले बहस गरेका थिए।

बहसका लागि समय निर्धारण गरेकाले बकिलसमेत रहेका नेताहरुले भने बहस नगर्ने तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell