PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

स्पेनमा हुने भनिएको नेपाल, नामिबिया र स्कटल्याण्डबीचको एकदिवसीय सिरिज स्थगित



पहिलोपोस्ट

स्पेनमा हुने भनिएको नेपाल, नामिबिया र स्कटल्याण्डबीचको एकदिवसीय सिरिज स्थगित
फोटो: क्यान

काठमाडौं: स्पेनमा जुलाई महिनामा हुने भनिएको सीडब्लूसी लिग २ अन्तर्गतको त्रिदेशीय सिरिज स्थगित भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति निकाल्दै नामिबिया, नेपाल र स्कटल्याण्डबीच हुने भनिएको एकदिवसीय सिरिज स्थगित भएको जनाएको हो।

प्रतियोगिता कोभिड १९ का कारण जुलाई २०२२ सम्मका लागि स्थगित भएको क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ। प्रतियोगिताका लागि नेपालले मंगलवारबाट कीर्तिपुरमा प्रशिक्षण सुरु गरेको थियो।

नेपालले यसअघि सीडब्लुसी लिग टू अन्तर्गत अमेरिका र ओमनसँग घरेलु मैदानमा खेलेको थियो। जसमा दुई जित र दुई हार ब्यहोरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell