PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

विमानस्थलको कार्गोबाट ल्यापटप चोरी गर्ने नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ



पहिलोपोस्ट

विमानस्थलको कार्गोबाट ल्यापटप चोरी गर्ने नेपाल एयरलाइन्सका कर्मचारी पक्राउ

काठमाडौं : प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको कार्गोबाट ल्यापटप चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका २९ वर्षीय विष्णु अधिकारीलाई नियन्त्रणमा लिएको हो।

कार्गोमा विदेशबाट जेठ ७ र ११ गते आयात भएको ५ सय ७ वटा ल्यापटपमध्ये १३ वटा चोरी भएका थिए। प्रहरीको अनुसन्धानमा असार ३ गते ६ वटा र जेठ २० गते ७ वटा ल्यापटप अधिकारीले चोरी गरेको देखिएपछि नियन्त्रणमा लिएको महाशाखाका एसएसपी चन्द्रबहादुर खापुङले बताए।

प्रहरीले ८ थान ल्यापटप बरामद गरेको छ। नियन्त्रणमा लिएका अधिकारी नेपाल एयरलाइन्सको लोडर हुन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell