PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रौतहटको मौलापुरमा झडप, दुई दर्जन अश्रु ग्यास प्रहार



पहिलोपोस्ट

रौतहटको मौलापुरमा झडप, दुई दर्जन अश्रु ग्यास प्रहार

जनकपुरधामः  रौतहटको मौलापुर नगरपालिकामा झडप भएको छ। मौलापुर नगरपालिकाको नगर सभा चलिरहेको समयमा नगर सभा बिथोल्नका लागि ढुंगामुढा भएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ।

नेकपा एमालेको माधव नेपाल पक्ष तथा माओवादी केन्द्रका नेता कार्यकर्ताहरू र माओवादीबाट एमालेमा प्रवेश गरेका प्रभु साह पक्षधरबिच झडप भएको हो। झडपको क्रममा ढुंगामुढा हुन थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए।

झडपमा  ८ जना सुरक्षाकर्मी घाइते भएका छन्। प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि २ दर्जन अश्रु ग्यास प्रहार गरेको थियो। मौलापुरको नगरसभामा नेकपा एमालेका नेता प्रभु साह प्रमुख अतिथि रूपमा थिए। पूर्वमन्त्रीसमेत रहेका साह नेकपा माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका थिए ।

मौलापुर नगरपालिकाको नगर सभा तनावका बिच सम्पन्न भएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell