PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

विवादबिच आउँदो सातादेखि टेलिश्रृङ्खला 'जुठे' प्रसारण हुने



पहिलोपोस्ट

विवादबिच आउँदो सातादेखि टेलिश्रृङ्खला 'जुठे' प्रसारण हुने

काठमाडौं : टेलिश्रृङ्खला 'जुठे' प्रसारणमा आउने भएको छ। विवादबिच बन्द भएको 'जुठे'  असार १६ बाट निरन्तर प्रसारणमा आउने निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) ले जानकारी दिए।

मरिचमान र राजु पौडेलको लेखन तथा निर्देशन रहेको ‘जुठे’को तेह्र एपिसोड प्रसारण भइसकेको छ।

निषेधाज्ञाका कारण सुटिङ हुन नसक्दा प्रसारण रोकिएको बताइएको थियो। निर्देशक भन्छन् 'अहिले हामी 'जुठे' का आगामी भागहरूको छायाँकनमा व्यस्त छौँ।'

दुई साताअघि टेलिश्रृङ्खला 'जुठे' विवादमा परेको थियो। 'जुठे'को कथालाई लिएर दलित समुदायका व्यक्तिहरूले विरोध गरेका थिए। साथै यसको प्रसारण नै बन्द गर्नु पर्ने माग समेत गरेका थिए। निकै छलफलपछि 'जुठे' को विवाद टुंगिएको छ।

अहिलेसम्म प्रसारण भएका एपिसोडहरूले दलित समुदायमा पर्न गएको असरप्रती श्रेष्ठले क्षमा मागेका छन्। साथै सबैको सल्लाह र सुझावलाई मध्यनजर गर्दै ‘जुठे’ थप परिस्कृत रुपमा आउने समेत उनले दावी गरे।

टेलिशृङ्खला 'जुठे' मा मरिचमान र राजुका साथै रवि गिरी, बिद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मीला शर्मा लगायतका कलाकारहरूको भुमिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell