PahiloPost

Mar 21, 2026 | ७ चैत्र २०८२

पाँच विद्यार्थी संगठनको विरोध प्रदर्शन, 'ए प्रतिगमनका बा, अब त अति भो राष्ट्रलाई क्षति भो'

पाँच विद्यार्थी संगठनको विरोध प्रदर्शन, 'ए प्रतिगमनका बा, अब त अति भो राष्ट्रलाई क्षति भो'

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : पाँच राजनीतिक दलका भ्रातृ संगठन सरकारविरुद्ध सडकमा उत्रिएको छ। बिहीबार दिउँसो प्रदर्शनी मार्गमा पाँच विद्यार्थी संगठन विरोध प्रदर्शन गरेका हुन्।

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरस्ववियु माधव नेपाल पक्ष, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले संयुक्त रुपमा प्रदर्शन गरेका हुन्।

प्रतिनिधिसधा विघटन र प्रधानमन्त्री केपी शर्मा ओलीका हरेक कार्य असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदम भएको भन्दै उनीहरुले सरकारविरुद्ध नारा लगाएका थिए।

प्रदर्शनमा उत्रेका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीलाई 'प्रतिगमनका बा' भन्दै देशलाई धेरै नै क्षति भएको उल्लेख प्लेकार्ड बोकेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell