PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

एएफसी महिला एसियन कप क्वालिफायर्समा नेपालले घरेलु मैदानमा फिलिपिन्स र हङकङसँग भिड्ने



पहिलोपोस्ट

एएफसी महिला एसियन कप क्वालिफायर्समा नेपालले घरेलु मैदानमा फिलिपिन्स र हङकङसँग भिड्ने

काठमाडौं: एएफसी महिला एसियन कप क्वालिफायर्समा नेपाल समूह 'एफ' मा परेको छ। भारतमा सन् २०२२ मा हुने प्रतियोगिताका लागि २८ टिमलाई चार टिम  रहेको चार समूह र तीन टिम रहेको चार समूह गरी कुल आठ वटा समूहमा बाँडिएको छ।

नेपाल समूह 'एफ' को आयोजकको रुपमा रहेको छ। नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ छन्। महिलातर्फ नेपालको फिफा वरीयता १०१ रहेको छ भने फिलिपिन्स ६८ औं स्थानमा र हङकङ ७६ औं स्थानमा छन्। क्वालिफायर्सका खेलहरु सेप्टेम्बर १३ देखि २५ सम्म हुनेछन्।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन जापान, २०१८ को रनर अप अस्ट्रेलिया र तेस्रो स्थानको चीनले यसअघि नै प्रतियोगितामा स्थान बनाइसकेका छन्। यी चार टिम र आठ समूहका शीर्ष टिम गरी कुल १२ टिमले २०२२ को जनवरी २० देखि फेब्रुअरी ६ सम्म भारतमा हुने एएफसी महिला एसियन कपमा उपाधिका लागि भिड्नेछन्।

कुन समूहमा कुनकुन टिम?

समूह 'ए' : चाइनिज ताइपेइ, बहराइन, तुर्कीमेनिस्तान, लाओस

समूह 'बी' : भियतनाम, ताजकिस्तान, माल्दिभ्स, अफगानिस्तान

समूह 'सी' : डीपीआर कोरिया, सिंगापुर, इराक, इन्डोनेशिया

समूह 'डी' : म्यानमार, यूएई, गुआम, लेबनान

समूह 'ई' : कोरिया रिपब्लिक, उज्वेकिस्तान, मंगोलिया

समूह 'एफ' : फिलिपिन्स, हङकङ, नेपाल

समूह 'जी' : जोर्डन, इरान, बंगलादेश

समूह 'एच' : थाइल्याण्ड, प्यालेस्टाइन, मलेशिया



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell