PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

कोभिड-१९ र ट्वीटर अनुसन्धान: सामाजिक सञ्जालमा लेखिएका स-साना कुरा ऐतिहासिक दस्तावेज हुन सक्छन्



पहिलोपोस्ट

कोभिड-१९ र ट्वीटर अनुसन्धान: सामाजिक सञ्जालमा लेखिएका स-साना कुरा ऐतिहासिक दस्तावेज हुन सक्छन्
Photo: theconversation.com

कोभिड-१९ महामारीको समयमा सामाजिक सञ्जालमा सूचना वितरण चुलिँदै गएको छ। यस्तोमा कति सूचना सत्य र तथ्यमा आधारित छन्। कति त गलत र भ्रामक। सामाजिक सञ्जाल प्रयोगकर्ताले सञ्जालमा दिने सूचना ऐतिहासिक दस्तावेजका रुपमा पनि परिणत हुन सक्छन्। हरेक सत्य सूचनाले दस्तावेजको रुपमा काम गर्ने देखिन्छ। त्यसैले पनि विर्मिङघम सिटी युनिभर्सिटीका प्राध्यापकहरुको समूहले २०२० को मार्चसम्मका ८ करोड ४० लाख ट्वीटलाई अभिलेखीकरण गरेको छ।

२०२० को जनवरी २५ मा बेलायतको स्वास्थ्य तथा सामाजिक स्याहार विभागले गरेको ट्वीटबाट सुरु भएको अभिलेखीकरणको काम अहिले पनि जारी रहेको बताइएको छ। विश्वविद्यालयका सोसियोलिंग्युस्टिकका उपप्रध्यापक रोवर्ट लसनले दी कर्नभर्सेसनमा लेख प्रकाशित गर्दै जानकारी दिएका हुन्। युके रिसर्च इनोभेसनको कोभिड-१९ अनुसन्धान कार्यक्रम अन्तर्गत आर्ट  एण्ड ह्युमानिटी रिसर्च काउन्सिलको सहयोगमा विश्वविद्यालयले अनुसन्धान थालेको हो।

त्यसको साताभित्रै युकेको स्वास्थ्य विभागले जनवरी ३१ मा २ कोभिड-१९ केस पुष्टि भएको अपडेट ट्वीट गर्दै सार्वजनिक गरेको थियो।

UPDATE on #coronavirus testing in the UK:

As of 2PM on Friday 31 January 2020, a total of 177 tests have concluded:

175 were confirmed negative.
2 positive.

Updates will be published at 2PM daily until further notice.

For latest information visit:
▶️ https://t.co/CZh5JdyN2Q pic.twitter.com/j0tsLpdXrb

— Department of Health and Social Care (@DHSCgovuk) January 31, 2020

 

कोभिड-१९ को संक्रमण बढ्दै जाँदा लाखौँ प्रयोगकर्ताहरुले कोभिड-१९ सम्बन्धी चासो, जिज्ञासा, भ्रमपूर्ण समाचार, मन छुने कथाहरु विश्वका हरेक कुनाबाट ट्वीट गर्न थाले। देशहरुमा ट्वीटरमार्फत डुमस्क्रोल (अन्धाधुन्ध स्कृन स्क्रोल गर्दै सेयर गर्ने) बढ्दै जाँदा मास्क, आर नम्बर (कोरोना भाइरस वा अरु कुनै रोगको फैलिन सक्ने रेटिङको तरिका), हर्ड इम्युनिटी सम्बन्धी ट्वीटहरु गलत सूचना तथा कन्स्पिरेसी थ्योरीसँग जुधिरह्यो।

क्रमिक रुपमा लु रोललाई विश्वव्यापी रुपमा चलेको भ्याक्सिन अभियानले प्रतिस्थापित गर्ने अपेक्षासमेत गरिएको छ।

'यसरी संकलित ट्वीटहरु छरिएर रहेका ऐतिहासिक दस्तावेज हुन्। जो सामुयल पेपिसको आधुनिक दैनिक डायरी हुन्। जसले कोभिड-१९ को समयमा हाम्रो दैनिकी कसरी परिवर्तित भयो भन्ने खुलासा गर्छन्,' उपप्रध्यापक लसनले लेखेका छन्। 

उनी तथा उनका सहकर्मीहरुले ट्वीटको अभिलेखलाई सार्वजनिक रुपमा उपलब्ध हुने डाटाबेस तयार गरेर राखेका छन्। जसलाई जो कोहीले पनि पहुँच राख्न सक्ने छन्। यो अभिलेखले अनुसन्धानकर्ताहरुलाई अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा अनुसन्धानकर्ताहरुले राखेका छन्।  त्यसका लागि उनीहरुले 'ट्रस्ट एण्ड कम्युनिकेशन : कोरोनाभाईरस अनलाइन भिजुअल ड्यासबोर्ड (ट्र्यास कोभिड)' तयार पारेका हुन्।

त्यस्तै उनीहरुले भ्याक्सिनको विषयमा ट्वीटहरुको अनुसन्धान गरिरहेको जनाएका छन्। 

ट्वीटको अनुसन्धान

ट्वीटर यसअघि पनि रिसर्च टुलको रुपमा प्रयोग भएको छ। यसअघि पनि कोभिड-१९ को सुरुवाती बेला 'अर्ली वार्निङ' (पूर्व सजगता) फैलाउन मद्दत गरेको छ। जनवरी २५, २०२१ मा प्रकाशित एक अनुसन्धान रिपोर्टले पनि कसरी युरोपमा सामाजिक सञ्जालका माध्यामबाट पूर्वसजगता फैलाउने काम भयो भन्ने स्पष्ट गरेको छ। नेचर रिपोर्टमा प्रकाशित अनुसन्धान रिपोर्टका अनुसन्धानकर्ताहरुले पनि 'निमोनिया'लाई सूचक शब्द राखी एउटा फरक डाटाबेस तयार गरेर अनुसन्धान गरेको रिपोर्टमा उल्लेख छ।

डिसेम्बर १, २०१४ देखि मार्च १, २०२० सम्म युरोपमा बोलिने विभिन्न ७ भाषामा गरिएका ट्वीटहरुको डाटाबेस तयार गरी अनुसन्धान गरिएको छ। अनुसन्धानका क्रममा २०१९ को डिसेम्बरदेखि २०२० को जनवरीसम्म भएका ट्वीटहरुलाईसमेत समायोजन गरिएको थियो।

त्यतिमात्र होइन एक अर्को अनुसन्धानमा ट्वीटरमा विश्वका नेताहरुले दिएको प्रतिक्रियाकोसमेत विश्लेषण गरिएको छ।

अक्सफोर्ड युनिभर्सिटीको जर्नल अफ पव्लिक हेल्थमा प्रकाशित अनुसन्धानमा जी ७ राष्ट्रका नेताहरुका 'कोभिड-१९' अथवा 'कोरोना भाइरस' सूचक शब्द उल्लेख भएका ट्वीटमध्ये ५०० बढी लाइक भएका ट्वीटहरुको विश्लेषण गरिएको छ। नोभेम्बर १७  २०१९ देखि मार्च १७, २०२० सम्मका ट्वीटको विश्लेषण गर्दा ८२.८ प्रतिशत सूचना मुलक रहेको पाइएको छ। जसमध्ये २८.६ प्रतिशत सरकारी निकायका स्रोतको लिंक सेयर गरिएको र ९.४ प्रतिशत हौसला बढाउने खालका थिए। ६.९ प्रतिशत ट्वीट भने राजनीतिक भएको रिपोर्टमा उल्लेख छ।  

यसरी गरिएको विश्लेषणमा सबैभन्दा बढी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्का ट्वीट राजनीतिक भएको उल्लेख छ। उनले गरेका २७.५ प्रतिशत ट्वीट राजनीतिक रहेको उल्लेख छ। त्यस्तै ६२.७ प्रतिशत ६२.७ प्रतिशत ट्वीट सूचनामुलक  थिए। जसमा ९.४ प्रतिशत सरकारी लिंक सेयर गरिएका थिए।

कोभिड-१९ सम्बन्धी सबैभन्दा कम ट्वीट बेल्जियमका प्रधानमन्त्री चार्ल्स मिचेलले गरेका छन्। जसमध्ये २ वटा भाइरल ट्वीट थिए। दुबै सूचनामुलक रहेको उल्लेख छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले गरेका भाइरल १६ ट्वीट मध्ये ९३.८ प्रतिशत सूचनामुलक जसमा ८ वटा सरकारी लिंक सेयर गरिएका र एउटा हौसला प्रदान गर्ने खालका थिए। क्यानडाका राष्ट्रपति जस्टिन ट्रुडेउका ६१ ट्वीट भाइरल भएका ६१ वटा नै सूचनामुलक रहेको अनुसन्धानले देखाएको छ। जसमध्ये २७ वटा सरकारी लिंक सेयर गरिएका ट्वीट थिए।

यो अनुसन्धानमा अधिकांश विश्वका नेताहरु ट्वीटको प्रयोग गर्दै सूचना प्रभाव गरेको उल्लेख छ।  

युनिभर्सिटी अफ साउर्थन क्यालिफोर्नियाले पनि १२ करोड २० लाख ट्वीटको डाटावेस तयार गरेको छ। जसमा अंग्रेजीसहित फ्रेन्च, थाई, इन्डोनेसियनसहितका भाषाहरु समावेश छन्।   

भ्रामक सूचना

कोभिड-१९ को संक्रमण फैलिँदै जाँदा पाण्डेमिक सँग-सँगै इन्फोडेमिक पनि बढ्दै गएको छ। 'हाम्रो साझा सत्र कोभिड-१९ हो। तर हाम्रो सत्र इन्फोडेमिक पनि हो,' २०२० को मार्चमा राष्ट्र संघका महासचिवले ट्वीट गर्दै भनेका थिए।

 

Our common enemy is #COVID19, but our enemy is also an “infodemic” of misinformation.

To overcome the #coronavirus, we need to urgently promote facts & science, hope & solidarity over despair & division.https://t.co/FRluVQIvIP

— António Guterres (@antonioguterres) March 28, 2020

२०२० को फेब्रुअरीमा आयोजित म्युनिख डब्लुएचओको महासचिव टेड्रोस अधनोम घेव्रेइससले भनेका थिए- 'हामी महामारीसँग मात्र लडिरहेका छैनौँ। हामी इन्फोडेमिकसँग पनि लडिरहेका छौँ।'

अनलाइन सोसल नेटवर्क एण्ड मिडिया जर्नलमा प्रकाशित एक अनुसन्धानले ट्वीटरमा पूर्ण गलत दाबी गरिएका ट्वीटहरु आंशिक रुपमा झुट दाबी गरिएका ट्वीटमा भन्दा छिटो फैलिने गरेको देखाएको छ।

त्यस्तै अमेरिकन युनिभर्सिटी अफ वेरुतको मेडिसिनका फ्याकल्टीहरुले गरेको अर्को अनुसन्धानले भेरिफाइ नभएका ट्वीटर अकाउन्टबाट ह्यासटयागसहित गलत सूचनाहरु वितरण भएको उल्लेख छ। #ncov2019 मा गरिएका ट्वीटहरु #Covid19 मा गरिएका ट्वीटभन्दा अधिक मिथ्या तथा गलत सूचना रहेको अनुसन्धानमा देखाएको छ।

यो अनुसन्धानले २४.८ प्रतिशत गलत सूचना तथा १७.४ प्रतिशत अप्रमाणित सूचनाहरु रहेको देखाएको छ।  

यसरी ट्वीटबाट दिइने गलत सूचनाले कन्स्पिरेसी थ्योरीलाई बढावा दिँदै गएको छ। डिएफआर ल्याबले गरेको अनुसन्धान रिपोर्टले गलत सूचनासहित भाइरसलाई हतियारीकरण गरेको उल्लेख छ। त्यस्तै राजनीतिक हतियारको रुपमा देशहरुले एक अर्काविरुद्ध कोभिड-१९ को भाइरसलाई लिएको र कतिपय अवस्थामा भाइरलाई जैविक हतियारको रुपमा स्थापित गर्ने प्रयास भएकोसमेत रिपोर्टमा देखाएको छ।

विशेषगरी अमेरिकी सामाजिक सञ्जाल प्रयोगकर्ताबीच भाइरस चीनले उत्पादन गरेको जैविक हतियार भएको कन्स्पिरेसी थ्‍योरी बढेको रिपोर्टमा उल्लेख छ। डिएफआर ल्याबले सुरुवाती रुपमा चीनले भाइरस छाडेको भन्ने आरोप लगाएको ट्वीटको रुपमा 'गार्बो गुरुङ' नामको अकाउन्टबाट सुरु भएको उल्लेख गरेको छ। जुन जनवरी ४, २०२० मा ट्वीट भएको थियो।

18 years ago, #China killed nearly 300 #HongKongers by unreporting #SARS cases, letting Chinese tourists travel around the world, to Asia specifically to spread the virus with bad intention. Today the evil regime strikes again with a new virus. #Wuhan #ChinesePneumonia #bioweapon

— Garbo Gurung🖐☝️ #Save12 #StandwithHongKong (@GarboHK) January 5, 2020

 

त्यस्तै २०२० को फेब्रुअरी १७ मा इरानका पूर्वराष्ट्रपति महमुद अहमदिनेजादले ट्वीट गर्दै भाइरस भन्दै ट्वीट गरे।

 

My deepest sympathy to the people and government of China and the respected families of the deceased by #Corona lab-made virus. I hope the Chinese nation , contrary to the will of their ill wishers, will soon overcome this imposed problem and pursue their progress. #China

— Mahmoud Ahmadinejad (@Ahmadinejad1956) February 17, 2020

 

त्यस्तै उनले नै मार्चमा ट्वीट गर्दै जैविक युद्धसँग जोडिएको यो भाइरस ल्याबमा बनाइएको बताउँदै यसले मानवतलाई चुनौती दिएको बताएका थिए।

 

It is clear to the world that the mutated coronavirus was produced in lab, manufactured by the warfare stock houses of biological war belonging to world powers,& that it constitutes a threat on humanity more destructive than the other weapons that target humanity.@antonioguterres pic.twitter.com/lLLzvdMAGo

— Mahmoud Ahmadinejad (@Ahmadinejad1956) March 9, 2020

 

अहिले सामाजिक सञ्जालमा फैलिएको भ्रमकै कारण पनि भ्याक्सिन प्रयोगमा सन्देह प्रकट गर्नेहरुसमेत बढेका छन्।  ट्वीटरमा फैलिएका भ्रामक सूचनाले मानिसहरुमा भ्याक्सिन प्रति पूर्ण ढुक्क नदेखिएको एक अनुसन्धानले देखाएको छ। सामाजिक सञ्जालबाटै एन्टिभ्याक्सिन मुमेन्टको आह्वान भएका घटनाहरु पनि।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell