PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

कोपा अमेरिका: उरुग्वे र पाराग्वेको जित



पहिलोपोस्ट

कोपा अमेरिका: उरुग्वे र पाराग्वेको जित
Photo: Copa America

कोपा अमेरिका अन्तर्गत बिहान दुई खेल सम्पन्न भएका छन्।

आज बिहान सम्पन्न पहिलो खेलमा उरुग्वेले बोलिभियामाथि जित निकालेको छ। ब्राजिलको एरेना प्यान्टनल स्टेडियममा सम्पन्न खेलमा उरुग्वेले बोलिभियामाथि २-० सहज जित निकालेको हो।

खेलमा ४० औं मिनेटमा बोलिभाका जैरो क्विन्टेरोसको आत्मघाती गोलमा अग्रता बनाएको उरुग्वे पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा उरुग्वेका लागि एडिन्सन काभानीले गोल थपे। उनले खेलको ७९ औं मिनेटमा गोल गरेका थिए।

त्यस्तै आजै बिहान सम्पन्न दोस्रो खेलमा पाराग्वेले चिलीलाई हरायो।

खेलको ३३ औं मिनेटमा ब्राइअन समुडिओको गोलमा अग्रता बनाएको पाराग्वेका लागि ५८ ‍औं मिनेटमा मिगुएल अलमिरोनले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरे। र, पाराग्वेले २-० को जित निकाल्दै दोस्रो स्थानमा उक्लियो।

आजको खेल सकिएसँगै ७ अंक जोडेको खेलेको अर्जेन्टिना शीर्षस्थानमा छ भने तीन खेलबाट ६ अंक जोडेको पाराग्वे चिलीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ। त्यस्तै ५ अंक जोडेको चिली तेस्रो स्थानमा रहँदा ४ अंक जोडेको उरुग्वे चौथो र अंकबिहीन बोलिभिया तालिकाको पुछारमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell